कांग्रेस केन्द्रीय कार्यालयको अनशन तोडियो «

कांग्रेस केन्द्रीय कार्यालयको अनशन तोडियो

नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन् ।
मंगलवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको हो । नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्ण बहादुर मल्ल लगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशिल सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, अवैधानिक वडा÷पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै मंसिर १ गतेदेखि अनशन सुरु गरेका थिए । उपसभापति निधिले अनशनकारीहरुको पिर मर्काहरु पार्टीको प्रदेश अधिवेशन र महाधिवेशनको बेलामा पनि आम जनताको बिचमा राखेर जाँदा राम्रो हुने निर्देशन दिएपछि अनशन तोडिएको कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताए ।
उपसभापति निधिले डडेल्धुरामा उजुरी छानविन नगरी वडा÷पालिकाहरुको अधिवेशन गरिनु गम्भिर विषय रहेको भन्दै डडेल्धुरा कांग्रेसका नेता कार्यकर्ताहरुको माग र आग्रहहरु प्रति आफ्नो ऐक्यवद्धता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्