बडवाइजरले जीई फेस्ट गर्ने «

बडवाइजरले जीई फेस्ट गर्ने

बडवाइजरले जीई फेस्ट गर्ने भएको छ । बडवाईजरले जीई फेस्ट ग्यारेज इन्टरटेनमेन्ट र आईएसएस साउन्डले गोल्डस्टारसँगको सहकार्यमा आगामी डिसेम्बर ४ मा छाँया सेन्टर ठमेलमा आयोजना गर्न लागेको हो ।
महामारीपछि मौन रहेको उद्योगलाई सांगीतिक कार्यक्रमले बढावा दिने विश्वास गरिएको कम्पनीले जनाएको छ । यस फेस्टको प्रमुख आर्कषण लोकप्रिय कलाकार स्वप्न सुमन र एलिमेन्टस् हुनेछ ।
साथै अन्य कलाकारहरूमा ओएसिस थापा, प्रवेश कुमार श्रेष्ठ, सुशान्त घिमिरे, समिर श्रेष्ठ, आकाश खड्का, सितुसित र अंकित वैद्य रहेका छन् । नेपाली संगीत प्रेमीमाझ चर्चित बेक्चाले पहिलोपटक आफ्ना स्रोतासामु आउने जनाइएको छ । इभेन्टको प्रवेश शुल्क ५०० तोकिएको छ भने आईएमई एप बाट पनि गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्