राजेश हमालले किने नयाँ गाडी «

राजेश हमालले किने नयाँ गाडी

राजेश हमालले नयाँ जीप कम्पास खरिद गरेका छन् । हमाल र उनका श्रीमती मधु भट्टराईले नक्सालस्थित जीप सोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् । जीपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित भएको हमाल बताउँछन्
केही महिनाअघि नयाँ जीप कम्पास सार्वजनिक भएपछि प्रिमियम एसयुभी सेग्मेन्टमा जीपको बिक्री उल्लेखनीय रुपमा बढिरहेको छ ।
यस्तो गति आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको छ ।
नयाँ कम्पासमा जीपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ । र कम्पासमा जिपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्न (गो एनिह्वेर, डु एनिथिङ) गर्न मद्दत गर्छ ।
नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ । जसको मूल्य ८४ लाख ९० हजारदेखि एक करोड ३६ लाख ९० हजार रूपैयाँसम्म छ ।

प्रतिक्रिया दिनुहोस्