महालक्ष्मी विकास बैंकद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव «

महालक्ष्मी विकास बैंकद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

महालक्ष्मी विकास बैंकले २१.०४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) समक्ष २० प्रतिशत बोनस सेयर र १.०४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले ३ अर्ब ३४ करोड २४ लाख चुक्ता पुँजीको २१.०४ प्रतिशतले हुन आउने ७० करोड ३६ लाख लाभांश प्रस्ताव गरेको हो । लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि लाभग्राहीको खातामा जम्मा गरिनेछ ।
बैंकले गत वर्षभन्दा दोब्बर बढी लाभांश प्रस्ताव गरेको हो । गतवर्ष बैंकले ८.८० प्रतिशत बोनस सेयर र ०.४६ प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्