एशियन लाईफ इन्स्योरेन्सको बाल बिमा योजना सार्वजनिक «

एशियन लाईफ इन्स्योरेन्सको बाल बिमा योजना सार्वजनिक

एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बाल उच्च शिक्षा जीवन बिमा योजना प्रचलनमा ल्याएको छ ।
नयाँ योजनाअन्तर्गत नवजात शिशुदेखि १३ वर्ष उमेरसम्मका बालबालिकाको १ करोड रुपैयाँ बिमांकसम्म जीवन बिमा गर्न सकिने कम्पनीले जनाएको छ । बिमित बच्चाको उमेरको आधारमा कक्षा ११ देखि स्नातक तहसम्मको शिक्षण शुल्क व्यहोर्न सघाउ पुग्ने गरी किस्ताबन्दीरुपमा बिमांकको रकम भुक्तानी गरिने सुविधा भएकाले अभिभावकहरु यो बिमाको माध्यमबाट छोराछोरीको उच्च शिक्षाको लागी ढुक्क हुने कम्पनीको विस्वास छ ।
बिमित बच्चा १६, १७, १८, १९ र २० वर्ष पूरा भएको दिनमा क्रमशः बिमांकको २५, १५, २५, २० र १५ प्रतिशत रकम भुक्तानी गरिने बताइएको छ । यो बाहेक बिमा अवधि समाप्तीमा बिमित बच्चालाई नियमानुसारको बोनस रकम समेत प्रदान गरिने कम्पनीको भनाइ छ ।
तोकिएको अवधि पूरा हुनुअगाडी बिमितलाई रकम खाँचो परे बिमालेखको शर्तको अधिनमा रही १२ महिना अघि नै अग्रिम भुुक्तानी रकम प्राप्त गर्न सकिने सुविधा समेत रहेको कम्पनीको भनाइ छ ।
यस बिमा योजनामा बिमा अवधिभित्र बिमित बच्चाको मृत्यु भएमा बिमांककको २५ प्रतिशत रकम तत्काल भुक्तानी दिइनेछ । बिमांकको ७५ प्रतिशत रकम र मृत्यु हुँदासम्मको आर्जित बोनस एकमुष्ठ रकम बिमा अवधि समाप्त भएपछि भुक्तानी दिइने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्