आइसिटी अवार्डका उत्कृष्ट स्टार्टअप «

आइसिटी अवार्डका उत्कृष्ट स्टार्टअप

लिभिङ विथ आइसिटीले आयोजना गर्दै आएको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा विभिन्न स्टार्टअप, प्रडक्ट तथा इन्नोभेसनहरूको प्रतिस्पर्धा जारी छ ।
४० बढी स्टार्टअपहरूबाट विभिन्न ४ चरणको छनौटसँगै उत्कृष्ट ५ स्टार्टअपहरू अहिले सर्वोत्कृष्ट क्याटेगोरी विजेताको लागि प्रतिस्पर्धामा छन् । यसैगरी ३५ बढी प्रडक्टहरूबाट छानिएर उत्कृष्ट ५ प्रडक्ट र ६० बढीबाट छानिएका उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनहरू विजेताको लागि पब्लिक भोेटिङमा सहभागी भएका छन् ।
यी तीन विधाको विजेताका लागि मंसिर २२ गतेसम्म ई–सेवा र एसएमएसमार्फत पब्लिक भोटिङ सञ्चालनमा रहेको छ । यसैगरी उत्कृष्ट १० मा पर्न सफल ३ विधाका प्रतिस्पर्धीको लागि पब्लिक च्वाइस आइसिटी अवार्ड विधामा पनि भोटिङ सञ्चालनमा रहेको आयोजकले जनाएको छ ।
यसैगरी अन्य ८ वटा अवार्ड विधाको लागि विभिन्न चरणका छनौट प्रक्रियाहरू सञ्चालनमा छन् । अवार्डको ग्राण्ड फिनाले पुस २ गते द सोल्टी होटलमा आयोजना हुने बताइएको छ । प्रतिस्पर्धामा रहेका उत्कृष्ट ५ र पब्लिक च्वाइसमा विजेता बनाउनको लागि ई–सेवा र एसएमएस मार्फत भोट गर्न सकिने आयोजकले जनाएको छ ।
छैटौं संस्करणको रूपमा आयोजना हुन लागिरहेको आइसिटी अवार्डमा एफवान सफ्टले शीर्ष प्रायोजन गरेको छ । नेपाल टेलिकम, जिनसको इन एसोसिएसन, एनटिए, एनसेल, राष्ट्रिय वाणिज्य बैंक, प्रेसिडेन्सियल बिजनेश स्कुल, डिसहोम फाइबरनेट, इमिनेन्स वेइज, रिसेक्युरिटी, डाइनामिक इआरपी, एप्लाइजब, फ्युज मेसिन्स, टेक्सास कलेज लगायतको सहकार्य तथा सहयोग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्