सिजीका घरेलु उपकरण बजारमा «

सिजीका घरेलु उपकरण बजारमा

सिजी इलेक्ट्रोनिक्सले जाडो सिजनलाई लक्षित गरी विभिन्न घरायसी उपकरणहरु बजारमा ल्याएको छ ।
जाडोमा जीवन सहज बनाउने सिजीका यी घरेलु उपकरणहरू उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
प्रविधि र नवीनतमा विशेष चासो राख्ने सिजी ब्राण्डको उत्कृष्ट प्रविधिबाट बनेका उत्पादन नेपाली बजारलाई उपलब्ध गराउने मूल उद्देश्य रहेको कम्पनीले जनाएको छ । जाडोलाई लक्षित क्याम्पेनअन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हटपट, पानी बोतल, डिस्पेन्सर, रुमहिटर जस्ता उपयोगी उत्पादनहरू रहेको कम्पनीले जनाएको छ ।
उल्लेखित उत्पादनहरू उपयोगी मात्र नभइ अत्यन्तै टिकाउ र अन्तर्राष्ट्रिय गुणस्तरको रहेको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्