दाङका कृषकले अझै पाएनन् राहत «

दाङका कृषकले अझै पाएनन् राहत


दाङमा बेमौसमी वर्षाले क्षति पुगेका कृषकले हालसम्म राहत पाउन सकेका छैनन् ।
स्थानीय, प्रदेश र संघीय सरकारबाट कुनै पनि राहत पाउन नसकेको कृषकको भनाइ छ । राहतका लागि कृषकहरु दैनिकजसो कृषकहरु स्थानीय तह धाउने गरेका छन् ।
गत असोजको अन्तिम साता भएको वर्षाले क्षति भएको धेरै भएपनि हालसम्म राहत नपाएको कृषकहरुको गुनासो छ । “सरकारले कति क्षति भयो भनेर तथ्यांक मात्र संकलन ग¥योे” एक किसाले भने, “सरकारले हामीलाई आश मात्र देखाउने गरेको छ ।” कृषकलाई राहतका लागि स्थानीय तहले पनि हालसम्म कुनै कार्यक्रम ल्याउन सकेका छैनन् ।
स्थानीय तहहरु प्रदेश र संघीय सरकारको पर्खाइमा रहेका छन् । तुलसीपुर उप–महानगरपालिकाले कृषकलाई राहत दिनका लागि कुनै पनि निर्णय गरिनसकेको कृषि शाखा अधिकृत धनराज गौतमले जानकारी दिए । नगर क्षेत्रमा क्षति भएको विवरण संकलन गरेर कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकार तथा सम्बन्धी निकायमा पठाए पनि कुनै राहत कार्यक्रम आउन नसकेको उनले बताए ।
घोराही उप–महानगरपालिकाले पनि राहतका लागि कुनै पनि निर्णय नगरेको नगरपालिकाका सूचना अधिकारी भिमबहादुर चौधरीले बताए । नगर कार्यपालिकाले पनि कुनै निर्णय नगरेको र प्रदेश तथा संघीय सरकारबाट राहतका लागि रकम नआएको उनी बताउँछन् ।
बेमौसमी वर्षाले दाङमा करिब ७० करोड रुपैयाँको धान बालीमा क्षति पु¥याएको थियो । जिल्लाका १० वटा स्थानीय तहबाट संकलन गरेको तथ्यांक अनुसार उक्त रकम बराबरको धान बालीमा क्षति पुगेको हो ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ६९ करोड १७ लाख ६ हजार २ सय २५ रुपैयाँको क्षति भएको हो । जिल्लामा ८ हजार ९ सय ९८.९ हेक्टर क्षेत्रफलमा लगाइएका धानमा पानीले क्षति पु¥याएको हो । करिव २७ हजार ६ सय ६८.२५ मेट्रिक टन धान नोक्सान भएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख बुद्धिराज घिमिरेले जानकारी दिए ।
जसमा काटिएको धान ४ सय ७८ हेक्टर धान बगाएको छ भने ८ हजार ५ सय २१ हेक्टर धान ढालेर क्षति पु¥याएको ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा ३९ हजार ४ सय हेक्टरमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । बबइ गाउँपालिकामा ५ सय २.५ हेक्टर धानमा क्षति पु¥याएको छ । उक्त क्षेत्रमा २ हजार १ सय २८ हेक्टरमा धान खेती गरिएकोमा १ सय ४० हेक्टर काटेको धान बगाएको थियो भने ३ सय ६२.५ हेक्टर ढालेर क्षति पु¥याएको हो ।
शान्तिनगर गाउँपालिकामा ७ सय ६१.३ हेक्टर धानमा क्षति पु¥याएको थियो । उक्त गाउँपालिकामा २ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७ सय ६१.३२ हेक्टर धान ढालेर क्षति पुगेको हो । दंशीशरण गाउँपालिकामा १ हजार १ सय २३.५ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा ४ हजार ३ सय १० हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७.५ हेक्टरमा काटेको धान बगाएको थियो । १ हजार १ सय १६ हेक्टरमा धान ढालेर क्षति पु¥याएको थियो ।
यसैगरी तुलसीपुर उप–महानगरपालिकामा २ सय ७५ हेक्टरमा क्षति पुगेको थियो । उक्त उप–महानगरपालिकामा ६ हजार ८ सय ४० हेक्टरमा धान खेती गरिएको थियो । जसमा २ सय ७५ हेक्टरमा धान ढालेर क्षति पुगेको होे । घोराही उप महानगरपालिकामा १ हजार ९ सय ५८.८ हेक्टरमा क्षति पुगेको थियो । उक्त उपमहानगरपालिकामा ८ हजार ३ सय २० हेक्टरमा खेती गरिएको थियो । जसमा १ हजार ९ सय ५८.८ हेक्टरमा धान ढलेर क्षति पुगेको हो ।
बंगलाचुली गाउँपालिकामा १ हजार ७९ हेक्टरमा धान क्षति पुगेको थियो । उक्त पालिकामा १ हजार ७ सय ३० हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ७९ हेक्टरमा धान ढालेर क्षति भएको हो । लमही नगरपालिकामा १ हजार ४ सय ३२ हेक्टरमा धान क्षति पुगेको छ । उक्त नगरपालिकामा २ हजार ७ सय ३५ हेक्टरमा धान खेती गरिएको थियो । जसमा १ हजार ४ सय ३२ हेक्टरमा धान ढालेर क्षति भएको हो ।
राप्ती गाउँपालिका ७१.८ हेक्टरमा लगाइएको धानमा क्षति पुगेको थियो ।
उक्त गाउँपालिकामा ६ हजार ७ सय १४ हेक्टरमा धान खेती गरिएको थियो । जसमा ७१.८ हेक्टरमा धान ढालेर क्षति पुगेको हो । गढवा गाउँपालिकामा ९ सय १९.७ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा २ हजार १ सय ७५ हेक्टरमा धान खेती गरिएकोमा १ सय ११.६७ हेक्टरमा लगाएको धान बगाएर क्षति पु¥याएको थियो ।
भने ८०८ हेक्टरमा लगाएको धान ढालेर क्षति पुगेको थियो । राजपुर गाउँपालिकामा ८ सय ७५.३ हेक्टरमा क्षति पुगेको थियो । उक्त गाउँपालिकामा १ हजार ७ सय १८ हेक्टरमा धान खेती गरिएकोमा २ सय १८.६८ हेक्टरमा काटेको धान वगाएर क्षति पुगेको हो । ६ सय ५६.५९ हेक्टरमा लगाएको धान ढालेर क्षति पु¥याएको हो ।

प्रतिक्रिया दिनुहोस्