साप्सुप खोला जलविद्युतको परीक्षण सुरु «

साप्सुप खोला जलविद्युतको परीक्षण सुरु


खोटाङमा निर्माणाधीन साप्सुप खोला साना जलविद्युत आयोजनाको परीक्षण उत्पादन सुरु भएको छ । आयोजना निर्माण सुरु भएको २२ महिनामा सबै संरचना तयार गरेर शनिबारदेखि परीक्षण उत्पादन थालेको हो । परीक्षण उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणको टोली शुक्रबारै आयोजनास्थल पुगेको छ ।
विद्युत आयोजना र थ्री स्टार हाइड्रोपावर लिमिटेडले निर्माण गरेको हो । कम्पनी अध्यक्ष कुमार खरेलका अनुसार आयोजना दैनिक घण्टा सुक्खा मौसममा पनि पोखरीमा पानी जम्मा गरेर पूर्ण क्षमतामा चलाउन सकिन्छ । निजी क्षेत्रबाट निर्माण गरेको पिकिङ रन अफ द रिभर आयोजना पहिलो भएको दाबी गरे । खोटाङको हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६ हजार ६ सय किलोवाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माणाधीन छ ।
आयोजनाको हलेसी तुवाचुङ–११ मा हुने विद्युतगृहको स्वीचयार्डदेखि सोही वडा हुँदै जाने विद्युत प्राधिकरणको लहान जलजले बुइपा ३३ केभी प्रसारण लाइनको आरएस ४९÷१९९५ पोलसँगै पुराना गाउँमा निर्माण भएको स्वीचिङ स्टेशनसम्म लुपइन–लुप आउटमार्फत ३३ केभी प्रसारणलाइन निर्माण भएको छ ।
प्रसारण लाइन करिब २.५ किलोमिटर लम्बाइबाट जलजले बुइपा सबस्टेसनमा जोडिने छ । प्रसारण लाइनको भोल्टेज ३३ हजार भोल्ट तथा प्रसारण क्षमता ६६ सय किलोवाट हुनेछ ।परीक्षणका क्रममा कुनै समस्या नआए १५ दिनपछि व्यावसायिक उत्पादन थाल्ने छ । परीक्षणका क्रममा १५ दिनसम्म प्राधिकरणलाई निःशुल्क रूपमा विद्युत उत्पादन गराउनु पर्ने छ । आयोजनाको हेडवक्र्सदेखि पावरहाउसम्मको हेड ११० मिटर रहेको छ ।
कम्पनीले चाँडै आयोजना प्रभावित र सर्वसाधारणका लागि साधारण सेयर निष्काशन गर्ने तयारीसमेत थालेको छ । पहिलो चरणमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीय खोटाङको हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबासीका लागि जारी हुने अध्यक्ष खरेलले बताए ।
हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंकले लगानी गरेको आयोजनामा कुललागतको ६५ प्रतिशत ऋण लगानी गरेका छन् । ३५ प्रतिशत आयोजनाको स्वपुँजी रहेको छ । आयोजनाको निर्माण अवधिमा कोरोना भाइसरका कारण लकडाउन भएता पनि सम्झौताअनुसार नै समयमै पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्