म्याग्दीको पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन «

म्याग्दीको पाँच पालिकामा माओवादी केन्द्रको सर्वसम्मत नेतृत्व चयन

म्याग्दी-नेकपा (माओवादी केन्द्र ) को पालिका अधिवेशनअन्तर्गत एक नगरपालिका र ४ गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ । वडा अधिवेशन सम्पन्न गरेर शनिवार भएको पालिका अधिवेशनबाट बेनी नगरपालिकासहित रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकासहित पाँचवाटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।
बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा सेरबहादुर केसी निर्विरोध निर्वाचित भएका छन् । रघुगंगाको अध्यक्षमा हरि भण्डारी, मंगलाको अध्यक्षमा यामबहादुर रोका, मालिकाको अध्यक्षमा दोरण शेरचन र धवलागिरिको अध्यक्षमा यामन रोका निर्वाचित भएका नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिए । उन्का अनुसार, अन्नपूर्ण गाउँपालिका कमिटीको अधिवेशन भने केही दिनपछि मात्रै तय हुने भएको छ ।
माओवादीको पालिका अधिवेशनबाट नेतृत्वमा युवाहरू पुगेका छन् । चारवटै गाउँपालिकाका अध्यक्ष युवा छन् । वडा र पालिका कमिटीको नेतृत्वमा युवाहरूको बर्चश्व रहेको जिल्ला संयोजक जुग्जालीले बताए । वडादेखि पालिकासम्म कमिटीमा निर्वाचित भएकाहरू अधिकाँश युवाहरू छन, पार्टीमा युवाहरूको आकर्षणले जिल्लामा पार्टी थप बलियो बन्ने विश्वास लिएका छाँै’’– संयोजक जुग्जालीले भने ।
शेरबहादुर केसी अध्यक्ष रहनु्एको बेनी नगर कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिवमा किसान बिक चयन भएका छन् । हरी भण्डारी अध्यक्ष निर्वाचित हुनुभएको रघुगंगा गाउँपालिका कमिटीको उपाध्यक्षमा टेककुमारी खत्री, इन्द्रबहादुर मगर, सुनिल सुनार, सचिबमा भविन्द्र शेरपुञ्जा, सह–सचिबमा कर्ण राना निर्वाचित भएको निर्वाचन अधिकृत श्रीकृष्ण रिजालले जानकारी दिए ।
यामबहादुर रोका अध्यक्ष चयन भए भने मंगला गाउँपालिका कमिटीको उपाध्यक्षमा कुलप्रसाद पुन, मोहनलाल सापकोटा, सुकमाया रोका, सचिबमा तिर्थलाल बिक, सहसचिबमा मनमाया चोचाङ्गे र कोषाध्यक्षमा मोतिलाल पौडेल चयन छन् । दोरण शेरचन अध्यक्ष चयन एको मालिका गाउँपालिकाकमिटीको उपाध्यक्षमा दुर्गा फगामी, गौरी सेञ्चुरी, बुद्धीबहादुर जुग्जाली, सचिवमा धनकुमार पाइजा, सहसचिवमा शिव दर्जी र कोषाध्यक्षमा खड्ग छन्त्याल चयन भएका हुन त्यसैगरी धवलागिरि गाउँपालिकामा यामन रोका अध्यक्ष, झकबहादुर छन्त्याल, रिमप्रसाद थापा र होममाया बिक उपाध्यक्ष, रेशम पुन सचिब, चक्र पुन सह–सचिव र रामबहादुर खत्री कोषाध्यक्षमा चयन भएका छन् । जिल्लाका नेताहरू पाटीका ऐजेण्डाहरू बुझाउँदै आगामी स्थानीइ तहलाई लक्षित गरेर कमिटी निर्माणलाई तिव्रता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्