कांग्रेस सहामन्त्रीमा पाण्डेको उम्मेदवारी घोषणा «

कांग्रेस सहामन्त्रीमा पाण्डेको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाण्डेले पार्टी सुधारेर राजनीति सुधार्ने र राजनीति सुधारेर देश सुधार्ने बाटोमा लैजान आफू अग्रसर रहने बताए ।
पाण्डेले विचारमा एकरुपता र स्पष्टता, विधानको अक्षरशः पालना, नियमित बैठक तथा कार्यकर्ता, कार्यालय र अर्थको व्यवस्थापन नै पार्टी सुदृढीकरणको आफ्नो पहिलो एजेण्डा भएको बताए । पुराना पुस्ताको योगदान र बलिदानलाई स्मरण गर्दै नयाँ पुस्ताको सोचलाई पार्टीमा अघि बढाउने उनको भनाइ छ । केन्द्रिय सदस्य पाण्डेले देशभरका साथीहरुले पदाधिकारीमा पुग्नुपर्छ भन्ने सुझाव आएपछि उम्मेदवारी दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्