चाँदी आयात र बिक्रीमा कडाइ «

चाँदी आयात र बिक्रीमा कडाइ

केन्द्रीय बैंकले चाँदी आयात तथा बिक्रीमा कडाइ गरेको छ । निर्देशन अनुसार आयातित चाँदी व्यवसायीले गरगहना बनाई बिक्री गर्न पाउनेछन् । यस्तै हस्तकलालगायत सामान बनाई बिक्री गर्न र त्यस्ता सामान निर्यात गर्ने प्रयोजनका लागि मात्र आयात गर्न सकिन्छ । एक पटकमा ३५ हजार डलरसम्मको मात्र चाँदी आयात गर्नका लागि सटही सुविधा दिने निर्देशनमा उल्लेख छ ।
राष्ट्र बैंकले ‘डकुमेन्ट एगेन्स्ट पेमेन्ट’को माध्यमबाट गरिने आयातलाई आधा बनाएको छ । एक लाख डलरसम्म गर्न सकिने आयातलाई ५० हजार डलरमा झारेको हो । यसैगरी व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली कम्पनीले विदेशी संस्थाबाट ऋण भित्र्याउनका लागि वाणिज्य बैंकहरुले विदेशी मुद्रामा बैंक ग्यारेन्टी दिन सक्ने बाटो पनि खुला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्