नेप्से परिसूचक २१ अंकले गिरावट «

नेप्से परिसूचक २१ अंकले गिरावट

आइतबार भारी अंकले गिरावट आएको सेयर बजार मापक नेप्से सोमबार पनि ओरालो लागेको छ । सोमबार पनि नेप्से कारोबारमा मौद्रिक नीतिको असर देखिएको हो ।
यस दिन नेप्से परिसूचक २१.४८ अंकले घटेर २ हजार ६२९.९८ अंकमा पुगेको छ । सोमबार कारोबारमा आएका २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ बराबरको किनबेच भएको छ । नेप्सेका १३ उपसमूह मध्येका जलविद्युत र सामूहिक लगानीका कम्पनिका सूचकबाहेक सबै सूचकहरु घटेका छन् ।
यस दिन सबै भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरुको सेयर मूल्यमा भारी गिरावट आएको छ । जसमा बैंकिङ समूहको १०.८९, विकास बैंक ६७.४४, फाइनान्स ३१.९२, निर्जीवन बिमा ६७.४३, माइक्रोफाइनान्स ४०.८३ र जीवन बिमा समूहको उपसूचक ११७.०४ अंकले घटेको छ । कारोबारमा भारी गिरावट आएपनि न्यादी हाइड्रोपावर र सामालिङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर,आइसिएफसी फाइनान्सको सेयर मूल्य १० प्रतिशत र चन्द्रागिरि हिल्सको ५ प्रतिशतले मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्