वार्सटाइनर गल्फ २०२१ को उपाधि केसीलाई «

वार्सटाइनर गल्फ २०२१ को उपाधि केसीलाई

रोयल नेपाल गल्फ क्लबमा सम्पन्न वार्सटाइनर गल्फ प्रतियोगिता २०२१ को उपाधि संगम केसीले जितेका छन् ।
३/४ स्टेबलफोर्ड ढाँचामा खेलेका केसीले ४१ अंकका साथ च्याम्पियनसिप जितेका हुन् । यस्तै सञ्जीव तिवारी ३८ अंकका साथ पुरुष उपविजेता बने । हरि थापा ३३ अंकका साथ ग्रस बिजेता भए । गीता गुरुङले २९ अंक जोड्दै महिलातर्फको उपाधि जितेकी छिन् ।
त्यस्तै, लेफ्टिनेन्ट जनरल विजय एसजेबी राणाले ३८ अंकसहित सिनियर खण्डको उपाधि जितेका छन् । मेजर जनरल विजय मोक्तानले ३६ अंक जोड्दै सिनियर रनरअपको उपाधि जितेका छन् । मिथुन राईले मोस्ट बर्डीजको अवार्ड जिते भने फुरसाङ लामाले लङ्गेस्ट ड्राइभको अवार्ड जिते । क्लोजेस्ट टु द पिनको उपाधि भाइराजा पाण्डेले जिते । लेफ्टिनेन्ट कर्णेल ईश्वर बुढाथोकीले ३९ अंकका साथ अतिथि बिजेताको रुपमा उपाधि जिते । तथा बेष्ट स्पोर्टस्मानको उपाधि तेजबहादुर राईले जिते ।
बिजेताहरुलाई जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजका प्रमुख बिक्री अधिकृत प्रविरकुमार नाग, पूर्व प्रधानसेनापति प्रज्वल एसजेबी राणा, रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचन्द्रबहादुर श्रेष्ठ, क्याप्टेन राजेन्द्रमान शेरचन, पूर्वअध्यक्ष मधुकर याक्थुम्बा र नेपाल गल्फ एसोसिएसन्का पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले पुरस्कार हस्तान्तरण गरेका थिए ।
प्रतियोगिताको बिजेतालाई वार्सटाईनर ट्रफी प्रदान गरिएको थियो भने अन्य विभिन्न १२ विधाका बिजेताहरुलाई आकर्षक पुरस्कार प्रदान गरेका थिए । नेपालमा गल्फको प्रर्वद्धनका लागि २०१६ मा विश्वप्रसिद्ध जर्मन वियर नेपालमा ल्याइएपछि वार्सटाइनर प्रिमियम जर्मन वियर प्रतिष्ठित रोयल नेपाल गल्फ क्लबसँग आवद्ध छ ।

प्रतिक्रिया दिनुहोस्