मातातिर्थ वृद्धाश्रमलाई ज्योति विकास बैंकको सहयोग «

मातातिर्थ वृद्धाश्रमलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले चन्द्रागिरि नगरपालिकाको मातातिर्थ वृद्धाश्रममा आश्रित वृद्धाहरूलाई जाडो महिनामा उपयुक्त हुने न्यानो कपडाहरू प्रदान गरेको छ ।
कार्यक्रममा बैंककातर्फबाट सहायक महाप्रबन्धक रामहरि आचार्य, काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिपराज बराल र बैंकका बलम्बु शाखाका शाखा प्रबन्धक प्रकाश श्रेष्ठले वृद्धाश्रम समितिका कार्यालय प्रमुख राम थापालाई न्यानो कपडा हस्तान्तरण गरे ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत न्यानो कपडा सहयोग गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्