सडक निर्माणदेखि पिच अलपत्र «

सडक निर्माणदेखि पिच अलपत्र


कर्णाली कन्ट्रक्सन निर्माण कम्पन्नीले कर्णाली राजमार्गको सिम्लेखोला र खल्लागाड पक्कीपुलको दायाँबायाँ सडक निर्माण तथाकालोपत्रे गर्ने ठेक्कापाएको करिब पाँचवर्ष बित्यो । दुईवटा पुलको दाँयाबायाँ साइडको चार सय मिटर सडक निर्माण र कालोपत्रे गर्ने गरी २०७४ सालमा ठेक्का सम्झौताभएको थियो । तर कर्णाली कन्ट्रक्सन निर्माण कम्पनीका ठेकेदार मानबहादुर शाहीले हालसम्म१० प्रतिशतपनिकाम गरेका छैनन् ।
सडक डिभिजन जुम्लाले विगतकावर्षदेखि कामसुचारु गर्न ताकेतादिएपनिकालिकोटका निर्माण व्यवसायीशाहीले भने कुनै वास्ता गरेका छैनन् । चालूआवको पहिलो चौमासिकबितिसक्दापटकपकट ताकेतागर्दा पनिविभिन्नबहाना देखाएर छिट्टैकामसुरु गर्छु भन्ने तर कामनगरेको सडक डिभिजन जुम्लाकाप्रमुख राजिवश्रेष्ठले बताए ।
उनले भने,“मजुम्लामाभर्खर आएको हुँ । आएदेखि कामसुचारु गर्नपत्राचार र ताकेतादिएको छु । तर थरीथरी बहानागर्ने । छिट्टै काम सुरु गर्छुमात्रै भन्ने,कामनगर्ने स्थिति देखिएको छ । अबपनिकामसुरु नगरे कडा रूपमा अघि बढ्ने तयारीमा छौं ।”
कर्णाली कन्ट्रक्सन निर्माण कम्पनीकामात्रै सडक निर्माण,सडक कालोपत्रे,स्तरवृद्धि गर्ने लगायतपाँचवटा ठेक्काअलपत्रअवस्थामा छन् । सम्झौतामितिगुज्रिएर वर्षौंबित्दापनिबहानाबाजीगर्ने निर्माण व्यवसायीमानबहादुर शाहीलगायत अन्यविरुद्ध कानुनीप्रक्रियामाजानेसमेत प्रमुखश्रेष्ठले चेतावनीदिए ।
कर्णालीमा समयमै पूर्वाधार विकासकाकामनहुनुकाविभिन्नकारणमध्येनिर्माण व्यवसायीपनिमुख्यकारण हुन् । बजेट अभाव,जनशक्तिअभाव,भौगोलिक विकटताजस्ता चुनौतीकाबीचपनिनिर्माण व्यवसायीको लापारबाहीकाकारण कर्णालीको पूर्वाधार विकास कछुवा गतिमा छ ।
कालिकोट र जुम्लामा सडक निर्माण,मर्मत, र स्तरवृद्धिका क्षेत्रमासम्झौताअनुसार कामनगर्ने कामचोर,क्षामताहीन,स्रोत साधननभएकानिर्माण व्यवसायीकै कारण कर्णालीको पूर्वाधार विकास लक्ष्यअनुसार हुननसेसकेको सडक डिभिजन जुम्लाकाप्रमुखश्रेष्ठको भनाइ छ ।

कामनगर्ने निर्माण कम्पनी
कर्णाली कन्ट्रक्सन निर्माण कम्पन्नीसँंगै जुम्ला र कालिकोट खण्डमा कामगर्ने अन्यनिर्माण कम्पनीले पनिलापरबाहीगरिरहेका छन् । सडक डिभिजनको ताकेतालाई समेत बेवास्ता गरी आधादर्जन निर्माण व्यवसायीले पूर्वाधार विकासलाई अलपत्रपारेका छन् । सडक डिभिजन जुम्लाको तथ्यांकअनुसार नाग्मजुम्ला खण्डको कालोपत्रे गर्ने ठेक्कापाएर (नारायण निर्माण सेवा)पनिकामअलपत्रपारेको छ ।
त्यस्तै,ट्राफिक सेफ्टीलगायत दुईवटा ठेक्कापाएको (रमित एण्ड सृजना कन्ट्रक्सनले पनिकामबीचमै छोडेको छ । साथै,कर्णाली राजमार्गको कालिकोट खण्डमा कालोपत्रे गर्ने जिम्मालिएको (एमअमित जेभी) निर्माण सेवाले लक्ष्यअनुसार काम गरेको छैन ।
त्यस्तै अन्यनिर्माण व्यवसायीले आफै जिम्मालिएको कामप्रतिगैरजिम्मेवार भएकाले पर्याप्तबजेट हुँदापनिलक्ष्यअनुसार खर्च नहुने सडक डिभिजन जुम्लाकाप्रमुख राजिवश्रेष्ठको भनाइ छ । उनी भन्छन,“भौगोलिकहिसाबले सिमेन्ट र कालोपत्रेको काम चैतदेखि ४ महिनामात्रै गर्न सकिन्छ । तर त्यही समयमानिर्माण व्यवसायी बेखबर हुन्छन् । क्षामता,दक्षता र स्रोत साधनबिनाकानिर्माण व्यसायीले कर्णालीको पूर्वाधार विकास सम्भव छैन ।”
काममा ढिलासुस्तीगर्ने,कामै सुरु नगर्ने,बीचमै कामअलपत्रपार्नेनिर्माण व्यवसायीलाई अन्तिम पटक पत्राचार गरेको र त्यसपछि पनिकाम सुरु नभएसिधै कालोसूचीमानिकाल्ने, धरौटी जफतगर्नेलगायतकाकानुनीप्रक्रियामाजाने डिभिजन प्रमुखश्रेष्ठको भनाइछ ।

प्रतिक्रिया दिनुहोस्