नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी «

नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत विजयी

नुवाकोट – नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेशकुमार महत विजयी भएका छन् । कांग्रेसको १४औं महाधिवेसनअन्तर्गत जिल्ला कार्यसमितिका लागि मंसिर १० गते भएको मतदानमार्फत पन्चकन्या गाउँपालिका–२ कविलास घर भएका महत जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । सम्पन्न मतगणनामा सभापतिमा विजयी रमेशकुमार महत पक्षले नै पदाधिकारी लगायत बहुमत पदमा विजयी भएका छन् । कुल १ हजार ७ सय ६८ मतदातामध्ये १ हजार ७ सय ४७ मत खसेको थियो ।
उनले ८ सय ३३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी डा. केदारनरसिह केसीले ८ सय २३ मत पाए । यस्तै, सभापतिमा विजयी रमेशकुमार महत पक्षवाट उप सभापतिमा उम्मेदवारी दिएका सन्तमान तामाङ र राजु थापा क्रमशः आठसय ४६ र सातसय ५१ मत सहित विजयी भए । निकटतम प्रतिस्पर्धि केसी समूहका उपेन्द्र कुँइकेल र होमबहादुर तामाङले क्रमशः सातसय ४७ र ६ सय ८२ मत पाए ।
सचिवमा महत समूहकै बैकुण्ठ मिश्रले सबैभन्दा बढी ९ सय भोट ल्याए । सचिवमा विजयी अर्का नेता श्रीराम श्रेष्ठले आठसय २९ मत ल्याए । केसी समूहका सचिव पदका उम्मेदवार शिवप्रसाद दाहालले ७ सय २ र शंकर पाण्डेले ६ सय ७९ मत ल्याए ।
सह¬¬–सचिवमा विजयी यादव नेपालले आठसय २३ र उत्तम पाठकले आठसय ८८ मत ल्याएका छन् । सह सचिवमा पराजित झमकराज गुरुङले ६ सय ८८ र रुपबहादुर तामाङले ६ सय ८४ मत ल्याएका छन् । शुक्रबार राति १२ बजेसम्म गरिएको मतदानमा १ हजार ७ सय ४७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्