बजेट विनियोजन भएको दुई सातामै योजना सम्पन्न «

बजेट विनियोजन भएको दुई सातामै योजना सम्पन्न

मनाङमा बजेट विनियोजन गरेको दुई साता नबित्दै एउटा योजना सम्पन्न भएको छ । मनाङ प्रदेश सभा खतर्फको स्थानीय पूर्वाधार विकास बजेट विनियोजन भएको दुई साता नबित्दै नासोङमा अस्थायी पुल निर्माण सम्पन्न भएको हो ।
प्रदेश सभाका लागि मनाङ ‘ख’ बाट निर्वाचित सांसद चिन्ताबहादुर घलेले नासोङ गाउँपालिका–१, अन्तर्गत सिरानतालमा काठेपुल निर्माणका लागि दुई लाख विनियोजन गरेका थिए । सांसदले बजेट विनियोजन गरेलगत्तै स्थानीयले उपभोक्ता समिति गठन गरी दुई साताभित्र योजना सम्पन्न गरेका हुन् ।
स्थानीयले मानिस आवतजावत गर्नका लगि मस्र्याङ्दी नदिमा काठको पुल निर्माण सम्पन्न गरेका हुन् । हाल पुल निर्माणको काम सम्पन्न भए पनि बजेट फस्र्योटको प्रक्रिया भने बाँकी नै रहेको स्थानीय एवं कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले जानकारी दिए ।
स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत प्रदेश सभा सांसद घलेले आर्थिक वर्ष २०७८/०७९ को योजना छनोटसहित बजेट विनियोजन गरेको गरेका थिए । प्रदेश सभाअन्तर्गतका दुई स्थानीय तहमध्ये सांसद घले संयोजकत्वको समितिले २५ वटा योजना छनोट गरेको थियो । समितिले नासोङ गाउँपालिकाअन्तर्गत १८ योजनाका लागि एक करोड २९ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्