धनकुटा कांग्रेसको स्थगित निर्वाचन प्रक्रिया भोलिबाट «

धनकुटा कांग्रेसको स्थगित निर्वाचन प्रक्रिया भोलिबाट

धनकुटा – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अनिश्चित समयका लागि स्थगित भएको धनकुटाको निर्वाचन प्रक्रिया सोमबार बिहानबाट सुरु हुन भएको छ । मंसिर ६ गते सुरु भएको अधिवेशन निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा संस्थापन र संस्थापन इतरका जिल्ला नेताहरूबीच विवाद भएपछि निर्वाचन समिति जिल्ला निर्वाचन कार्यलयले अनिश्चित कालका लागि स्थगित गरेको थियो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत धनकुटा जिल्ला सभापती पदका लागि संस्थापन पक्षबाट दिनेश राई र संस्थापन इतरबाट कमोट फागो सभापतीका आकांक्षी छन् । २ प्रदेशसभा रहेको धनकुटामा दुवै क्षेत्रमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका अधिकांश नेता विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्