माधव नेपाललाई ज्ञापनपत्र «

माधव नेपाललाई ज्ञापनपत्र

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले न्यायापालिकामा देखिएको समस्याको समाधान सरोकारवाला निकायहरुले गर्ने बताएका छन् ।
आइतबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुले बुझाएको ज्ञापनपत्र लिँदै अध्यक्ष नेपालले न्यायपालिकामा देखिएको समस्यालाई सरोकारवाला निकायहरुले हल गर्ने बताएका हुन् । उनले यो विषय न्यायिक क्षेत्रको मात्र सरोकारको विषय नभएर राज्यको नै प्रत्यक्ष सरोकारको विषय भएको बताए । अध्यक्ष नेपालले अदालतको विषयमा सरकारमा रहेका ५ गठबन्धनहरुले छलफल गरेको बताउँदै सरोकारवाला पक्षहरुलाई वार्तामा बसेर समाधान खोज्न आग्रह गरेको पनि बताए ।
उनले न्यायपालिकाको समस्या लामो समयसम्म रहँदा देशको इज्जत र प्रतिष्ठा गुम्ने भएकोले यसलाई हल गर्नु नै अहिलेको मुख्य आवश्यक्ता रहेको बताए ।
अध्यक्ष नेपालले धेरै मानिसले न्याय पाउन नसकिरहेको भन्दै छिटो भन्दा छिटो समस्याको समाधान हुने बताए । प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै नेपाल बार एशोसिएशन र कानून व्यवसायीहरुले महिना दिनयता आन्दोलन गरिरहेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनीहरुले यसअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, नेकपा एमालेका उपनेता सुवास नेम्वाङ, लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण, जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्