आइएमई–पेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक अफर «

आइएमई–पेबाट भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक अफर

आइएमई डिजिटल सोलुसन लिमिटेडबाट प्रवद्र्धित ‘आइएमई–पे’ को सेवाग्राही केन्द्रीत योजना सार्वजनिक गरिएको छ । सोही योजना अन्तर्गत आइएमई–पे सेवाग्राहीको लागि नेपालभरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २० प्रतिशत (३०० सयसम्मको) क्यासब्याकको अफर रहेको छ ।
उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई–पेका प्रमुख कार्यकारी अधिकृत विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सेवाग्राही अझ बढी प्रोत्साहित हुने बताए ।
अफरमा आइएमई–पेमा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउनेछन् । यो एक पटकको वैध योजना भएको कम्पनीको दावी छ । यसको अर्थ प्रति प्रयोग १ क्यासब्याक हुनेछ । प्रयोगकर्ताले तीन सय रुपैयाँसम्म मात्र २० प्रतिशत छुट पाउन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्