गुराँस लाइफको साढे ५ प्रतिशत लाभांश पारित «

गुराँस लाइफको साढे ५ प्रतिशत लाभांश पारित

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई साढे ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको ११औं वार्षिक साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आव २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ लाख ६ सय रुपैयाँको ५.५० प्रतिशतले हुने आउने रकम १० करोड ८६ लाख ६५ हजार ४ सय रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने र सोमा लाग्ने करबापत ०.२८ प्रतिशत ५७ लाख १९ हजार २३१ रुपैयाँ ५७ पैसा नगद लाभांश (कर प्रयोजनका लागि मात्र) वितरणको प्रस्ताव पारित गरेको छ ।
बोनस सेयर जारीपश्चात् वृद्धि हुन आउने अधिकृत, जारी तथा चुक्ता पुँजीलाई सोही अनुरुप वृद्धि गरी कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने तथा दैनिक भ्रमण भत्ता तोकी कम्पनीको नियमावलीमा संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम संशोधन एवं स्वीकृतिको लागि नियमनकारी निकायले कुनै हेरफेर, संशोधन वा थपघट गर्न निर्देशन दिएमा सो बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्