इगोको विद्युतीय पिकअप नेपाली बजारमा «

इगोको विद्युतीय पिकअप नेपाली बजारमा

द इगोले विद्युतीय पिकअप जेएसी इ टी ८ नेपाली बजारमा ल्याएको छ ।
विद्युतीय समावारी साधानलाई प्रवद्र्धन गर्न नेपालमा जेएसी इ टी ८ को बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । पर्यावरण अनुकुल रहेकाले सो पिकअप नेपाली उपभोक्ताका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी दिनमा नेपालका विभिन्न स्थानमा ५० भन्दा बढी विद्युतीय चार्जिङ स्टेशनहरु निर्माण गर्नेसमेत जनाएको छ । सो जीप करिब दुई घण्टामा फूल चार्ज हुने बताइएको छ ।
यस्तै आगामी दिनमा ५० वटा ब्याट्रीबाट चल्ने बस र २५० वटा चार्जिङको माध्यमबाट चल्ने बस पनि नेपालमा ल्याउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्