सांस्कृतिक सम्पदाहरुको संरक्षणमा जोड «

सांस्कृतिक सम्पदाहरुको संरक्षणमा जोड


दीगो पर्यटन विकासका सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । विकासका नाममा कतिपय सम्पदा र संस्कृतिको संरक्षण हुन नसकेको भन्दै विज्ञहरुले यसको लागि सरोकारवाला सबै गम्भीर बन्नुपर्ने बताएका हुन् ।
नेदरल्याण्डको इरासमस युनिभर्सिटी अन्र्तगत इन्टिच्युट फर हाउजिङ्ग इण्ड अर्बान डेभलेपमेन्ट स्टडिज (आइएचएस) र युएन ह्याविट्याट नेपालको आयोजनामा सञ्चालित १५ दिने दिगो सांस्कृतिक सम्पदा तथा हरित वृद्धि सम्बन्धि भर्चुअल तालिम समापनका अवसरमा विज्ञहरुले सो कुरामा जोड दिएका हुन । तालिममा सांस्कृतिक सम्पदा, यसको संरक्षण तथा व्यवस्थापन, गुणस्तर कायम तथा बजारीकरण र नतिगत व्यवस्थालगायतका विषय समावेश थिए ।
तालिम समापनको अवसरमा पर्यटन बोर्डका निर्देशक हिक्तम सिंह ऐरले नेपाल प्रकृती, संस्कृति र साहसिक गरी तिनै खालको पर्यटकीय गतिविधिका लागि उपयुक्त स्थान रहको उल्लेख गर्दै त्यसमा पनि नेपालको पर्यटनमा सांस्कृतिक सम्पदाहरुको विशिष्ट महत्व रहेको बताए । उनले दिगो पर्यटनका यस्ता सम्पदाहरुको संरक्षण आवश्यक रहेको बताउँदै दिगो पर्यटनका लागि पर्यटन बोर्डले समेत दिगो पर्यन सञ्जाल निर्माण गरि काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा तालिमका मुख्य स्रोत व्यक्ति मार्जरी भन स्टे«इनले नेपाल जस्तो सांस्कृतिक सम्पदामा धनी देशले सम्पदा संरक्षणमा उचित ध्यान दिन आग्रह गरेका छन् । उनले तालीममा पनि सरकोकारवालाकै सहभागीता रहेकाले त्यसतर्फ थप काम हुने आशा गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्