पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ «

पुनःएकीकरण योजना सरकारको प्राथमिकतामाः मन्त्री श्रेष्ठ

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल–कतार संयुक्त कार्यसमिति वैठकको तयारीबारे सरोकारवालाहरूसँग छलफल गरे । शुक्रबार काठमाडौंमा भएको छलफलमा मन्त्रालयका अधिकारीहरूका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरूको सहभागिता थियो ।
कार्यक्रममा वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली कामदारहरूको हितबारे छलफल भयो ।
कार्यक्रममा मन्त्री श्रेष्ठले विदेशमा श्रम गरेर फर्किसकेपछि त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनःएकीकरण योजना सरकारको प्राथमिकतामा रहेको बताए ।
वैदेशिक रोजगार व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारसम्बन्धी कानुनको कडाइका साथ कार्यान्वयन गरिने बताए । उनले भिजिट भिसामा नेपालीलाई विदेश पठाउन सहयोग गर्ने म्यानपावर कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिए ।
कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई आएको अवसरगुम्न नदिने उहाँले बताए । वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ती उत्पादनका लागि तालिम केन्द्रको बिकेन्द्रीकरण, कतार भिसा सेन्टरसम्बन्धी कार्यको व्यवस्थापन, विभिन्न समस्या, मृत्यु, घाइते, अंगभंग भएर पीडितहुनेहरूलाई न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने र उद्धारका लागि संयन्त्र स्थापनाका बिषयमा सरोकारबालाहरूले ध्यानाकर्षण गराउनुभएको थियो । हाल कतारमा साढे ३ लाखभन्दा धेरै नेपाली कामदार छन् ।

प्रतिक्रिया दिनुहोस्