भूकम्पले क्षतिग्रस्त सम्पत्तिको ५२% पुनरुत्थान «

भूकम्पले क्षतिग्रस्त सम्पत्तिको ५२% पुनरुत्थान


वि. सं २०७२ को भूकम्पले क्षति पु¥याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा भूकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पतिको पुनरुत्थान कसरी भयो त्यससम्बन्धी गरेको विस्तृत अध्ययन गरिएको छ ।
त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रीय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भूकम्प गएको पाँच वर्षमा मानिससँग भएको जीवन चलाउने स्रोत उत्पादनशील सम्पतिको पुनरुत्थान कसरी सम्भव विषयमा बढी केन्द्रिकृत भएको छ । उक्त प्रतिवेदनअनुसार क्षति भएका सम्पति अहिले ५२ प्रतिशत पूर्णरूपमा पुनरुत्थान भएको र ४७ प्रतिशत भने आधामात्रै पुनरुत्थान भएको देखाएको छ ।
अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल पुनर्निर्माण प्राधिकरणका विष्णु भण्डारीले यसबीचमा भूकम्पपछि विभिन्न विषय र पक्षमा अध्ययन अनुशन्धान भएपनि जनताको अर्थतन्त्रसँग जोडिएको विषयमा अनुसन्धान नभएकाले यो एउटा महत्वपूर्ण दस्तावेज नै भएको बताए ।
भण्डारीले अर्थतन्त्रसँग जोडिएको यो नै पहिलो प्रतिवेदन भएको बताए।
यस दस्तावेजले भूकम्प पछिको पुनर्निर्माणमा स्थानीय अर्थतन्त्रसँग जोडिएका हराएका मौलिक ब्यवस्था र अहिले चलिरहेको व्यवस्थाको अध्ययन त्यस्तै,त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवप्रसाद अधिकारीले भूकम्पपछि सम्पतिको पुनरुत्थान अनुसन्धान गर्न कठिन भएता पनि अनुसन्धान प्रतिवेदन आएको बताए । प्रतिवेदनले भूकम्पछि जनताले आफ्नो क्षति भएको सम्पति कसरी पुनरुत्थान गरे भन्ने अध्ययन,अध्यापन र अनुशन्धान गर्न सहज हुने बताए ।
अर्थशास्त्र विभागका प्रमुख अधिकारीले विभिन्न समयमा आउने प्राकृतिक विपत्तिको अनुसन्धानका प्रतिवेदन अन्य बाहिरका गैरसरकारी संस्थाले मात्र गर्न नहुने बताए । त्रिभुवन विश्वविद्यालयलाई साधन स्रोत दिएर यस प्रकारका घटना तथा दुर्घटनाका अध्ययन अनुसन्धान गराउन सकिने बताए । अध्ययन अनुसन्धान गराउन राज्यले लगानी गर्नु पर्ने बताए ।
प्रतिवेदनमा अनुसार ग्रामीण क्षेत्रमा ५२ प्रतिशत आधा र ४८ प्रतिशत भने पूर्णरूपमा पुनरुत्थान भएको बताइएको छ । यसरी सम्पतीको पुनरुत्थान घर पुननिर्माण गर्न ९० प्रतिशत पुननिर्माण प्राधिरकणको सहयोग लिएको प्रतिवेदनले देखाएको छ ।
रेमिट्यान्सबाट १८ प्रतिशत, २० प्रतिशत पुरानो सम्पति बेचेर र ८५ प्रतिशत विभिन्न संघसंस्थाले दिएको सहयोग मार्फत पुनरुत्थान गरेका छन् । त्यस्तै, पुनरुत्थानपछि सम्पतिको मूल्य ४ गुणाले बढेको प्रतिवेदनले देखाएको छ । भूकम्पपछि ५ लाख ४ हजार रहेको सम्पति अहिले ४ गुणाले बढेर २२ लाखसम्म पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्