सलमान खानको प्रत्यक्ष दबङ टुर काठमाडौंमा

टुबोर्गले भारतीय सुपरस्टार सलमान खानको ‘दबङ टुर’ आगामी मार्च १०, २०१८ मा नेपालको टुडिखेलमा आयोजना गर्ने जनाएको छ । नेपालमा पहिलोपटक सलमान खानसहित सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजिशाह, कृति सेननका साथै टेलभिनजकर्मी मनिष पाउलले सहित कम्तीमा पाँचदर्जन कलाकारको मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम दबङ द टुर आयोजना हुन लागेको हो ।
सोहेल इन्टरटेनमेन्ट एन्ड जेए इभेन्ट्स र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्टले मार्चमा हुने इभेन्टमा सलमानखानलगायत अन्य कलाकारहरु बस्ने होटेल र कार्यक्रम स्थलको अवलोकनका लागि जेए इभेन्ट्सका तर्फबाट डाइरेक्टर जोडी पटेल र आदिल जग्मागिया काठमाडौंमा आइपुगे । गोरखा ब्रुअरीका मार्केटिङ डाइरक्टर वैभव शर्माले उक्त अवसरमा खुसी व्यक्त गर्दै टुबोर्गले सधैं म्युजिक र फनका लागि सहकार्य गर्दै आइरहेको बताए ।
म्युजिकको साथमा कम्पनीले आफ्नो ब्रान्डको इमेज बिल्डिङका योजनाहरू बनाइरहेका भन्दै उनले टुबोर्ग भनेको म्युजिकको बेस्ट फ्रेन्ड हो र हामी एक साथ रहुन्जेल यो बेस्ट रहिरहन्छ भन्ने जनाएका छन् । विगत २० वर्षदेखि म्युजिक पारखीहरूलाई टुबोर्गले मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्दै आइरहेको छ । ब्रायन एडम्सको लाइभ म्युजिक देखि साइलेन्स फेस्टिभल, टुबोर्ग इमेज अवार्ड, राष्ट्रिय स्तरको म्युजिक कार्यक्रम जस्तै टुबोर्ग दोहोरी प्रतियोगिता, टुबोर्ग म्युजिक फिल्म फेस्टिभल आदि यसले गरेका प्रमुख कार्यक्रम हुन् ।
नेपालमा पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड टुबोर्गको सन् १९९० मा उद्घाटन गरिएको थियो । साथै, कम्पनीले १९९५ मा काल्सबर्ग र २००२ मा रोयल डेनिस टुबोर्ग स्ट्रोङलाई पनि भित्र्याएको थियो । गोरखा ब्रुअरीले २०१४ मा पुलअफ क्याप सहितको नयाँ रूपमा टुबोर्गलाई प्रस्तुत गरेको थियो । खोलौं टुबोर्ग रमेर भन्ने मूल नाराका साथ टुबोर्गले सधैं म्युजिकसँग सहकार्य गरिरहेको छ भने प्रायः सबै म्युजिक कार्यक्रमहरूमा सहभागिता जनाएको छ । बजारमा अहिले टुबोर्ग ६५० मि.लि.बोतल र ५०० मि.लि. क्यानमा उपलब्ध छ ।