परराष्ट्रविरुद्ध एनआरएनए «

परराष्ट्रविरुद्ध एनआरएनए

गैरआवासिय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघको विधान बमोजिम चयन हुने ६५ प्रतिशत अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटबारे मन्त्रालयको अनुरोधलाई संघले अस्विकार गरेको जनाएका छन् ।
विज्ञप्ति जारी गर्दै अध्यक्ष पन्तले विधानको अनुसूची ६९क० मा ‘प्राथमिकता सूचीमा रहेका व्यक्तिहरुले अर्थात ६५ प्रतिशत प्रतिनिधिमा छनोट हुन चाहाने व्यक्तिहरुले राष्ट्रिय समन्वय परिषद्को निर्वाचन पूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ’ भन्ने उल्लेख गरिएको जनाएका छन् । “छनोट प्रक्रियाको समय नयाँ कार्यसमिति बनि सकेको हँुदैन ।” विज्ञप्तिमा भनिएको छ “त्यसैले ६५ प्रतिशत प्रतिनिधिको छनोट पुरानो कार्यसमितिले नै गर्नुपर्छ ।”
यसको पुष्टि संघको विधान व्यख्या समितिले समेत गरेको छ । विधानको धारा ३१ अनुसार विधानको व्याख्या गर्ने अधिकार संघको विधान समितिलाई रहेको छ । उक्त समितिको व्यख्या अन्तिम मानिने छ भन्ने उल्लेख छ । मन्त्रालयले अनुरोध गरे अनुसार नयाँ राष्ट्रिय समन्वय परिषद्ले छानेका प्रतिनिधिहरु विधान अनुसार नहुने जिकिर गरिएको छ । साथै, यसअघिको विधानमा ६५ प्रतिशत प्रतिनिधिको व्यवस्था नभएकोले मन्त्रालयले उल्लेख गरेको ‘प्रचलित अभ्यास’ को कुनै अर्थ नरहने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्