नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी «

नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी

पर्वत – नेपाली कांग्रेस पर्वतको सभापतिमा युवराज जोशी विजयी भएका छन् । गए राति सम्पन्न मनगणनामा उनले खसेको मतमध्ये ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस पर्वतको निर्वाचनमा जम्मा सहभागी १ हजार १ सय ८६ मतमध्ये जोशीले ६ सय ९ मत प्राप्त गरी विजयी हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी यामबहादुर मल्ल रामकृष्णले ४ सय ४९ मत प्राप्त गरी पराजित भएका छन् । त्यस्तै सभापतिका अर्का प्रतिस्पर्धी मिलन पौडेलले ९६ मत प्राप्त गरे ।
नेपाली कांग्रेसको विधानुसार सभापतिमा निर्वाचित हुनका लागि ५१ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहे पनि जोशीले जम्मा सहभागी मतको ५१ दशमलव ५ प्रतिशत मत प्राप्त गरेपछि निर्वाचन समितिले विजयी भएको घोषणा गरेको हो ।
निर्वाचित कार्यसमितिमा जोशी समूहकै प्यानलबाट सहभागी उम्मेदवारहरु विजयी भएका छन् । जसअनुसार उपसभापतिमा डाक्टर चूडामणि शर्मा, र शिवप्रसाद सुवेदी त्यसै गरी सचिवमा अशोक उच्चै ठकुरी र गुप्तनिधि शर्मा विजयी भएका छन् । सचिवका प्रत्यासी मोहन आचार्य अन्तिम सम्म बलियो प्रतिस्पर्धीका रूपमा देखिए पनि अन्तिम परिणाममा उनी पराजित भएका हुन् ।
त्यस्तै सहसचिवमा अच्युत तिवारीले अत्याधिक मत ल्याएर विजयी भएका छन् । उनले ६ सय ५८ मत प्राप्त गरेका छन् भने अर्का विजेता उम्मेदवार तिलक भूसालले ५ सय १९ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा विजयी तिवारी भने मल्ल प्यानलबाट विजयी भएका हुन् ।
त्यसैगरी महाधिवेशन प्रतिनिधिमा अपांगबाट कुलप्रसाद पाध्या, खला महिलाबाट सीताकुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ र राधा कुँवर क्षेत्री विजयी भएकी छिन् ।
खुल्ला पुरुषतर्फ रामचन्द्र जोशी, नबराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, विद्धान गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, बसन्तबहादुर सिके र खिमप्रसाद भुसाल विजयी भएका छन् ।
दलित महिलातर्फ खैसरा नेपाली, दलित खुल्लामा जितबहादुर नेपाली, खस आर्य महिलामा मुना शर्मा लामिछाने, मिनाकुमारी केसी, र सिर्जना मल्ल विजयी भएका छन् । त्यसैगरी खस आर्य पुरुषतर्फ तोरण मल्ल ठकुरी राज, डा. केदार सुवेदी र कुलप्रसाद उपाध्याय विजयी भए भने आदिवासी जनजातीतर्फ मीना कर्माचार्य र मोहनबहादुर गुरुङ बिजयी भएका छन् ।
अपांगतर्फ लेखनाथ पौडेल र मधेसी÷मुस्लिम÷अल्पसंख्यकबाट सनम बेगम निर्विरोध निर्वाचित भएकी छिन् । जिल्ला सदस्यमा खुल्ला र भुगोलतर्फ पनि जोशी प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
कार्यसमितिको परिणाम घोषणा लगत्तै निकटम प्रतिद्वन्द्वी मल्लले सभापतिमा विजयी जोशीलाई खादा लगाएर सम्मान व्यक्त गरेका थिए । निर्वाचित सभापति जोशीले आगमी दिनमा नेपाली कांग्रेसलाई पहिलो राजनीतिक शक्ति बनाउन आफ्नो महत्वपूर्ण भूमिका हुने बताए ।

प्रतिक्रिया दिनुहोस्