स्वदेशी उद्योगलाई प्राथमिकता दिन उद्योगीको माग

धनकुटा – विदेशबाट आयातीत सामग्रीले स्थानीय उद्योगलाई धरासयी बनाउँदै विस्थापित गर्न थालको उद्योगीहरुले बताएका छन् । स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ सातै उद्योग दिवसको अवसरमा धनकुटा आयोजित कार्यक्रमा उनिहरुले यस्तो बताएका हुन् ।
विदेशबाट आयातीत सामग्रीले स्थानीय उद्योगलाई धरासयी बनाउँदै विस्थापित गर्न थालकोले उद्योगीहरुले उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थमा लाग्ने भान्सार र निकासी करमा छुट दिन समेत माग गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमा उनिहरुले यस्तो बताएका हुन् ।
उनीहरुले नितिगत रुपमा नै स्वदेशी उत्पादन लाई अनिवार्य प्रयोग गर्न व्यवस्था मिलाउनु पर्ने बताएका छन् । घरेलु उद्योगहरुले स्थानीय स्तरमा रोजगारीको समेत सिर्जना गरेको कारण स्थानीय स्रोत साधान प्रयोग गरेर स्थापना गरिएका उद्योगलाई राज्यले विशेष प्राथमीकतामा राखेर निति बनाउनु पर्ने घरेलु तथा साना उद्याग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले बताए ।