सम्भावना दोहनको समय «

सम्भावना दोहनको समय

सबै जनताको एउटै अपेक्षा मुलुकको समृद्धि र विकास हो । एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाइनु मात्र भोटलाई आफ्नो पक्षमा पार्ने पुरानो पद्धति थियो, तर यो शक्ति एकीकरणले झिना अल्झनलाई चिर्न सक्छ, यो सकारात्मक कार्य हो । संविधान कार्यान्वयन गरेर मुलुकको लामो सङ्क्रमणकालीन घाउलाई निको तुल्याएर अस्थिर राजनीतिलाई चिर्नु छ । कम्युनिस्टमा पनि एमालेले संगठनलाई मजबुत तुल्याएको हो । युवालाई समेट्न सक्यो । आपूm सत्तामा हुँदा राम्रा निर्णय र सपना बुनेकोमा पनि जनता प्रभावित भएकै हुन् । विश्लेषण गर्दा, नाकाबन्दीको झापडसँग मुकाबिला गर्नुको प्रतिफलले आजको उत्साहजनक प्राप्तिसँग तादात्म्यता गाँस्नुपर्छ ।
नेपाली कांग्रेसले लामो समयसम्म राजनीति सम्हालेर जनताको विकास र समृद्धिका लागि उत्साहजनक कार्यलाई अघि सार्न नसकेको भावना अधिकांशमा बढेको हो । यस विषयमा पार्टीगत हारजित जे भए, त्यो नेतृत्व गर्ने वाम सरकारलाई चाख्ने मौका पनि हो । त्यसो त माओवादी पनि सत्तामा पुगेकै हो । विभिन्न खाले बहानामा जोडिने छुट्ने गरेको हो । तर, माओवादीलाई जनताले जतिखेर चुनेका हुन् त्यो पनि परिवर्तित शक्तिको चाख लिनका लागि थियो । विडम्बना त्यत्रो सङ्घर्ष गरेको पार्टी फुटेर आपैmँमा टुक्रा–टुक्रा हुन पुग्यो । हिजो माओवादी पार्टीसँग जनताले जुन अपेक्षा राखेर भोट दिएका थिए, त्यो नहुँदा दोस्रो पटकमै उसले नसोचेको पीडा बेहोरेकै हो । यसबाट शिक्षा पनि लिनुपर्छ । अबको वाम नेतृत्वले यसबाट सिक्नुपर्छ ।

जनअपेक्षामा नेतृत्व
एमाले र माओवादी केन्द्रबीचको तालमेलका विषयमा विवादास्पद घटना नघटोस् । जनताले दिएको मतलाई नालीमा मिल्काउने सङ्कुचित विचार नजागोस् । ढलमले प्रवृत्ति तथा स्वार्थको खेल भएका विचारलाई तोडेर राष्ट्रिय स्वार्थमा नेतृत्व लाग्नुको विकल्प पनि त छैन । बेमेललाई चिरेर भागबन्डाका नाममा किचलो नहोस् अनि कसैको अन्याय नगरियोस् । यदि यी पार्टीको समन्वयमा आँच आएमा त्यो जनताले दिएको विश्वासको लगामलाई धुजाधुजा पारेर च्यातेको आरोप लाग्नेछ । देशलाई आघात हुनेछ अनि कम्युनिस्ट नीतिमै लाञ्छनाको अमिट इतिहास कोरिनेछ । यसका लागि अबको नेतृत्व र सरकार नितान्त सक्षमतामा आधारित, युवा अनुहारकेन्द्री बनोस् । पाका नेताले सल्लाहकारको सम्मानित र अमूल्य योगदान दिइरहून् । अब बन्ने सरकारले पाँच वर्षसम्मको स्थायी नेतृत्व रहिरहन सक्ने वातावरणलाई कायम राखोस् ।

विकासका आधार
अबको सरकारले पहिलो कुरा युवाशक्तिलाई विकासमुखी मार्गमा अघि बढाउन सक्नुपर्छ । दोस्रो कुरा, प्राविधिक, अत्याधुनिकतालाई विकाससँगै जोडेर लैजानुमा बुद्धिमता हुन्छ । नेपालजस्तो मुलुकले विकासको यात्रालाई एकीकृत पद्धतिबाट सञ्चालन गर्न सक्छ । यहाँको विकासको यात्रा जलविद्युत् विकासबाट सुरु गरिनु आवश्यक छ । साथमा पर्यटन, कृषि र सिँचाइका पाटालाई जोड्दै लैजान सकिन्छ । प्राविधिक शिक्षाको विकाससँगै अब युवालाई स्वरोजगार प्रदान गर्दै अघि बढ्न आधुनिक कृषिमार्पmत समृद्धिलाई सञ्चालन गर्दा विदेशबाट आयातित सामग्रीको उत्पादन रोक्ने कार्यलाई प्राथमिकता दिई यहाँका सरकारी, पर्ती, ऐलानी वा निजी जग्गामा समेत कृषिजन्य व्यवसाय, पशुपालन वा अन्य लघु ग्रामीण उद्योगको व्यवस्थापनमा स्थानीय सरकारले हात बढाउनु आवश्यक हुन्छ । यसका लागि स्थानीय जलसम्पदाको विकाससँगै खोल्साखोल्सीको सानोभन्दा सानो पानीको मुहानलाई व्यवस्थित गर्ने कुरामा ध्यान पु¥याइनुपर्छ । उत्पादित सामग्रीको खपत स्थानीय तहबाट गर्दै, जिल्ला र प्रदेशमा जाने नीतिमा पनि सचेतना आवश्यक हुन्छ । समाजका सम्भावना हेरी ग्रामीण बैंक, शिक्षालय, स्वास्थ्यजस्ता आधारभूत व्यवस्थाको स्थानीय आत्मनिर्भरतामा जोड दिनुमा लाभदायक देखिन्छ । हुन त यी विचार सबै सैद्धान्तिक वृत्तमा रहेका छन्, तथापि व्यावहारिकतामा यी असम्भव होइनन् । गाउँका सम्भावना सर्भे गरेर, माटो परीक्षण, विकासका सम्भावना संकलन, विकासको प्राथमिकता निर्धारण, विकासे साङ्ग्लो अर्थात् एकले अर्कोको विकास हुने दोहोरो फाइदा निक्र्योल गरी सम्भाव्यतालाई समेत केलाएर सहमतिको लहर पैmलिए असम्भव रहने देखिन्न । यसका लागि विनियोजित बजेटलाई पारदर्शी रूपमा लगानी, उपलब्धि र खर्चको विवरण पेस गर्ने नीतिबाट गाउँपालिकादेखि केन्द्रीय स्तर खुलस्त बन्न सक्ने नीति तथा रणनीति हुनैपर्छ ।

नेपालका सम्भावनाहरू
अबको नेपालले जलविद्युत्, जमिन, जङ्गल, जडीबुटी, जनशक्तिलाई परिचालन गर्न सक्नुपर्छ । यी विषय उस्तो फलामका चिउरा होइनन् । केवल नीति र कार्यान्वयनका बाटा कमजोर भएका हुन् । प्रविधिको विकासबाट मात्रै गरिबीको मार घट्छ । विकासका हरेक योजनामा भएका अवरोध स्थायी सरकारले सहजता दिन्छ । आत्मनिर्भरताको बाटोमा हरतरहले लाग्ने हो भने प्रविधिसँग खानी उत्खनन र प्रशोधनको सोचले बाटो पाउनैपर्छ । विद्युत्सँगै आधारभूत आवश्यकतामा अत्याधुनिक शिक्षा विकासका पक्ष गाँसिन्छन् । विकाससँग शान्ति र समृद्धिको विषय अपरिहार्य बन्छ । अब हरेक घरमा मजदुर, श्रमजीवीको बहस होस् । स्वास्थ्य क्षेत्रमा असुल गरिने चर्को मूल्यको प्रताडनाका लागि हरेक जनशक्तिलाई राज्यले अवसर देओस्, मूल्याङ्कन गरोस् । औषधी जाँच, निरीक्षण, कर्मको लगावलाई सम्मान र सजायबिना भेदभाव हुनुपर्छ । मुलुक बदल्न सबै खाले सीप भएका दक्ष जनशक्ति उत्पादन गर्दै जानुपर्ने हुन्छ । प्राविधिक उद्योग र विकासका लागि हरेक युवाका चाहनालाई सम्बोधन र जिम्मेवारी सुम्पँदै भ्रष्टाचारका लागि लगाम भने लगाउनैपर्छ ।
वातावरणीय संरक्षणका पक्षलाई अबका हरेक विकास निर्माणले ध्यानमा राख्नु अत्यावश्यक छ । जलवायु परिवर्तन र स्वास्थ्यका जटिल समस्याका विषय आज विशाल चुनौती बन्दै गएका दुःखद समाचारसँग सचेतता अत्यावश्यक छ । जुन माटोमा उत्पादनशक्तिको प्रचुर सम्भावना हुन्छ, बस्ती सार्नेसम्मका नीति तथा योजनाको आवश्यकता नेपालमा छ । सहरीकरण, बजार व्यवस्थापन, ग्रामीण अर्थतन्त्रको उत्खननजस्ता पाटामा संघीय सुशासनको दह्रो बाटो आवश्यक हुन्छ । समयको मागसँग हरेक विकासमा प्रविधि र नवीनता चाहिन्छ । समय, श्रम र सम्पत्तिको बचतका लागि जानकार व्यक्ति, व्यापारी, पौरख गर्ने सबै वर्ग र समुदायलाई नेतृत्वको टिम निर्माण गरेर बजेट दिने, जिम्मेवारी सुम्पिने, अनुगमन र सुझाव पस्किरहने, गुणस्तरीयतालाई पेस गर्ने, गराउने, प्रतिवेदनमार्पmत जटिलतासँग मिलेर जुध्ने हो भने सबैजसो विकासमा अप्ठ्यारा हटाउने मार्ग खुल्दै जान्छन् । हिम्मत र जोस हुने दक्ष व्यक्ति र समूहलाई बिना भेदभाव जिम्मेवारी दिने हो भने संघीय शासन, सुशासन बन्नेमा दुईमत नरहला । यसो भनिरहँदा हामी नकारात्मक र असम्भव भन्दै गल्लीमा कुर्लिन थाल्छौँ । काम गर्दैनौँ, टेबल ठोक्छौँ । कुर्सी खोज्छौँ अनि कालोधन प्राप्तिका लागि च्याँखे थापेर बस्छौँ । हरेक सफलता एकतामै सम्भव भएका इतिहास हेर्दा पृथ्वीनारायणकै कालदेखि निर्मित छ । वाम एकतामा भागबन्डाका विषयमा बेमेल भएमा जनताको भोट र अधिकारलाई गलहत्याएको ठहर्नेछ । त्यसलाई जनताले माफी नदिने कुराप्रति पनि उत्तिकै सचेत हुनु सोचनीय आवश्यकता हो । बरु विकासको मूल फुटाएर जनताको हृदय जित्नेमा एक ढिक्का हुनेतर्फ़ लम्किरहे स्थायित्व प्राप्तिका सम्भावना रहिरहन्छन् । यसर्थ अब त यो बुझ्नुपर्छ, यो एकतामा स्थायित्व होस्, बेमेलको परिस्थिति नबनोस् । जनताले दिएको मतलाई हानाथाप गर्दै वंशाणुगत कुर्सीमोहमा मुछ्ने कार्य नहोस् । जनमतले चाहेको समुन्नति र विकासको बाटोमा तगारो नलगाइयोस् ।

प्रतिक्रिया दिनुहोस्