नगरपालिकाले कार्यालय खुल्नुअघि राष्ट्रिय गान गाउने «

नगरपालिकाले कार्यालय खुल्नुअघि राष्ट्रिय गान गाउने

कीर्तिपुर नगरपालिकाले कार्यालय समय सुरु हुनुभन्दा पहिले राष्ट्रिय गान गाउने नियमको सुरुवात गरेको छ ।
कर्मचारीहरूलाई राखेर कार्यालय समय सुरु हुनुभन्दा पहिला राष्ट्रिय गान गाउने नियम सुरुवात गरेको हो । हरेक दिन कार्यालय समय सुरु हुनुपूर्व नेपाली र नेवारी राष्ट्रिय गान गाएरमात्रै काममा लाग्ने नियम बनाई नगरपालिका अघि बढेको छ ।
राष्ट्रिय गान गाएर कार्यालयको काम गर्दा कर्मचारीमा एक किसिमको जागरुकता आउने र समयमै कार्यालय सञ्चालन गर्न सकिने कुराको विकास हुने कीर्तिपुर नगरपालिकाका नगरप्रमुख रमेश महर्जनले बताए । उनले राष्ट्रिय गानसहित प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथा पनि भन्ने गरेको बताए ।
नगरप्रमुख महर्जनले भने, “कीर्तिपुर नगरपालिकाले हामी जननिर्वाचित भएर आएपछि करिब साढे चार वर्षपछि विगतका केही दिनदेखि सम्पूर्ण कर्मचारीलाई समयमै उपस्थित गराएर राष्ट्रिय गानको सुरुवात गरेका छौं, त्यो राष्ट्रिय गानको सँगै प्रत्येक दिन जसो केही निर्देशन पनि दिने र नीति कथा पनि भन्न सुरु गरेको छ, त्यसले गर्दा सम्भवतः हाम्रा कर्मचारीमा एक खालको जागरुकपना र सचेतना आएको छ र पहिला जस्तो कर्मचारीहरू ढिलो आउने समस्या पनि मुक्त भएको छ ।” नगरप्रमुख महर्जनले यस किसिमको कार्यक्रमले कर्मचारीमा सचेतना बढेको र समयभन्दा ढिलो आउने समस्या हल भएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्