कोषद्वारा कोभिडबाट मृत्युभएकाको परिवारलाई नगद भुक्तानी «

कोषद्वारा कोभिडबाट मृत्युभएकाको परिवारलाई नगद भुक्तानी

नागरिक लगानी कोषले कोभिड १९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
कोभिड–१९ को सुरुवातदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पु¥याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।
सोही क्रममा कोषले २०७८ साउन ५ सम्म कोभिडबाट मृत्यु हुनेहरुलाई उक्त रकम उपलब्ध गराउँदै आइरहेको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाहरुका ८४ जना सहभागीका कानुन अनुसारका हकवालालाई कर्मचारी वचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।
उक्त शाखाका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफूलाई राहत पुगेको बताइन्।

प्रतिक्रिया दिनुहोस्