महर्जन कम्प्लेक्स सञ्चालनमा «

महर्जन कम्प्लेक्स सञ्चालनमा

काठमाडौंको न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ । प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार कम्प्लेक्सका ३–४ वटा कबलमा पसलहरु सञ्चालन भइसकेका छन् । अन्य कबल भाडामा लिएका वा खरिद गरेका व्यवसायीले व्यवसाय सञ्चालनपूर्वका तयारी एवं सजावटको काम धमाधम गरिरहेका छन् ।
उनका अनुसार उक्त कम्प्लेक्सको स्पेस आफ्नै स्वामित्वमा रहने गरी खरिद गर्न सकिन्छ । कतिपय व्यवसायीले स्पेस किनेर र कतिपयले भाडामा लिएर व्यवसाय सुरु गरिसकेको तथा सुरु गर्ने तयारी गरिरहेको उनले जानकारी दिए ।
व्यवसाय सञ्चालनको हिसाबले उक्त कम्प्लेक्स सहरकै सबैभन्दा अब्बल ठाउँमा रहेको उनको दावी छ । “काठमाडौंमा सबैभन्दा बढी भीडभाड हुने ठाउँ भनेकै असन, इन्द्रचोक, न्युरोड नै हो” महर्जनले भने, “महर्जन कम्प्लेक्स त्यही ठाउँमा छ, जहाँ सबै तह र तप्काका नागरिक पुग्छन् । यहाँ गरेको लगानी तीन वर्षमा उठ्ने अनुमान गरिएको छ ।”
कम्प्लेक्सको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री र क्लासिकल रहेको बताइएको छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ । व्यावसायिक सम्भावनाको हिसाबले सहरकै सबैभन्दा बढी मानिसको चहलपहल हुने क्षेत्रमा कम्प्लेक्स रहेकोले तीन वर्षमै लगानी उठ्ने महर्जन बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्