गुणको अन्तरप्रदेश उडान सुरू «

गुणको अन्तरप्रदेश उडान सुरू

गुण एयरलाइन्सले बुधबारबाट पोखराबाट भरतपुरको लागि नियमित हवाई उडान सुरु गरेको छ ।
सो उडानले आन्तरिक पर्यटकलाई टेवा पुग्ने विश्वास लिएको छ । अन्तरप्रदेश उडानमार्फत पोखरालाई तीन शहरमा जोड्ने गरी एयरलाइन्सले पोखरा–भरतपुरको लागि उडान थालेको हो । एयरलाइन्सले बिहीबारबाट पोखरा–भैरहवा र शुक्रबारबाट पोखरा–नेपालगञ्जको अन्तरप्रदेश उडानसमेत दैनिक रुपमा भर्ने तयारी गरेको जनाएको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनलाई ठूलो मद्दत पुग्ने र एक शहरबाट अर्का प्रमुख सहरमा पुग्न पुलको रुपमा उडानले सहयोग पुग्ने विश्वास लिएको छ ।
कुल सात विमानबाट उडान गर्ने क्रममा गुण एयरलाइन्सले यसअघि काठमाडौबाट भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा नेपालगन्ज विराटनगर सिमरा र जनकपुरमा भने काठमाडौंबाट नियमित उडान भरिरहेको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सुर्खेत र भद्रपुरका लागि केही समयमै उडान भर्ने गरी तयारी भइरहेको बताए । यात्रुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा सुविधा दिन कम्पनीले उडानहरु थप गर्दै आन्तरिक हवाइ बजारमा प्रस्तुत हुने थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्