ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच सम्झौता «

ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच सम्झौता

ग्लोबल आइएमई बैंकले ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्टप्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल भएको बताइएको छ । यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलब्ध हुने बैंकले जनाएको छ ।
बैंकले आफ्ना ग्राहकलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पु¥याउने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको जनाएको छ ।
यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमका प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका छन् ।
बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याइ ग्राहकलाई विस्तारित बैंकिङका साथै अन्य सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्