गरिमा विकास बैंकले मनायो १५औं वार्षिकोत्सव «

गरिमा विकास बैंकले मनायो १५औं वार्षिकोत्सव


गरिमा विकास बैंक १५औं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले विभिन्न २१ जिल्लामा रहेका आफ्ना शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम गरेको जनाएको छ । काठमाडौंमा सम्पन्न रक्तदानमा १,१५५ प्वाइन्ट रगत संकलन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताए । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तरगत रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ ।
वार्षिकोत्सवकै अवसरमा बैंकले ५ वटा नयाँ शाखा कार्यालय पनि सञ्चालनमा ल्याएको छ । निरन्तर शाखा तथा सेवा विस्तारलाई प्राथमिकतामा राख्दै बैंकले एकैसाथ ५ वटा शाखा कार्यालयबाट कारोबार सुरु गरेको हो । बैंकले मोरङको पथरी, सुनसरीको झुम्का, ललितपुरको सातदोबाटो, काठमाडौंको माछापोखरी र बर्दियाको गुलरियाबाट एकसाथ कारोबार सुरु गरेको गरेको हो । यससँगै बैंकको शाखा सञ्जाल ११५ पुगेको छ ।
बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामिण जिल्लामा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट बैंकिङ कारोबार गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्