निजी क्षेत्र विस्थापित हुने अवस्थामा पुगेका छन् :ढकाल «

निजी क्षेत्र विस्थापित हुने अवस्थामा पुगेका छन् :ढकाल


नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालले निजी क्षेत्र विस्थापीत हुने अवस्थामा रहेको बताएका छन् । प्रदेश भरीका उद्योग वाणिज्य संघहरुको संस्थागत रणनीति विकास कार्यशाला गोष्ठीको दाङमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कोभिडको कारणले व्यवसायीहरु विस्थापित हुन थालेको उनको भनाइ छ । कोभिडले गर्दा बाहिरबाट कच्चा पदार्थको मूल्यवृद्धि तथा बैक व्याज वृद्धि लगायतका समस्याले निजी क्षेत्र समस्यामा परेको उनले बताए ।
निजी क्षेत्र आफनो क्षेत्रमा भएका स्रोत साधनको उपयोग गरेर अगाडि बढ्नसमेत उनले आग्रह गरे । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न उनले आग्रह गरे । स्थानीय स्तरको स्रोतको परिचालन अगाडि बढेमा उक्त क्षेत्रको विकासमा समेत सहयोग पुग्ने उनको भनाइ रहेको छ । देशको आर्थिक विकासका लागि कृषि क्षेत्रलाई आधुनिकरण गरेर अगाडि बढ्नुपर्ने उनले बताए । “कृषि क्षेत्रमा रहेको संभावनालाई उपयोग गर्ने आवश्यक रहेको छ” उनले भने । निजी क्षेत्रमा राजनीतिकरण हुन नहुने उनको भनाइ रहेको थियो । ‘आर्थिक विकासका लागि अगाडि वढेको निजी क्षेत्र राजनिती हुन हुदैन’ उनले भने । देशको आर्थिक विकासका लागि राज्यसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले आर्थिक विकासका लागि नीतिगत सुधार हुन आवशयक रहेको बताए । “धेरै ऐन कानुन संशोधन हुन आवश्यक छ” उनले भने । निजी क्षेत्रलाई अगाडि बढाउन र आर्थिक क्षेत्रको विकास गर्नेका लागि करिव १ सय वटा जति ऐन, कानुन संशोधन हुनुपर्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य महासंघले व्यवसायीलाई सचेत तथा क्षमता अभिवृद्धिका लागि छुट्टै पाठयक्रम निर्माण गरेर तालिम प्रदान गर्ने योजनामा रहेको उनले बताए । यसका लागि तयारीसमेत थालिएको उनको भनाइ छ । बजारमा अनुगमन गर्ने जाने निकायलाई समेत तालिम आवश्यक रहेको उनले बताए । “अनुगमन गर्ने जानेलाइ ऐन नियम कानुनका बारेमा तालिम दिन आवश्यक छ” उनले भने ।

प्रतिक्रिया दिनुहोस्