जुम्लाको सभापतिमा शाही विजयी «

जुम्लाको सभापतिमा शाही विजयी

जुम्ला – नेपाली कांग्रेस जुम्लाको सभापतिमा देउवा पक्षका पक्षका सभापतिका उम्मेदवार कर्णबहादुर शाही विजयी भएका छन् । सभापति शाहीले खसेको कुल ९ सय ८१ मतमध्ये ४ सय ७४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी पौडेल पक्षका उम्मेदवार दीपबहादुर शाहीले ४ सय ६९ मत ल्याएका छन् । ५ मतको अन्तरले संस्थापन पक्षका उम्मेदवार तथा तातोपानी गाउँपालिका–८ निवासी कर्ण बहादुर शाही विजयी हुनुभएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिइन् ।
सभापति शाहीबाहेक अन्य सबै पदाधिकारीमा भने पौडेल पक्षीय प्यानल नै विजयी भएको छ । जसमा पौडेले पक्षीय उपाध्यक्षमा दीपक र कार्मा बुढा बिजयी भएका छन् । उपाध्यक्ष शाहीले ५ सय १६ र बुढाले ४ सय ८६ मत प्राप्त गरेका छन् ।
सचिव अर्जुनसिंह कठायत र लक्ष्मण शाही सचिव पदमा बिजयी हाशिल गरेका छन् । सचिव कठायतले ५१८ र सचिव शाहीले ४५७ मत प्राप्त गरेका छन् । सहसचिवद्वय नन्दप्रसाद चौलागाई ५ सय र धनेन्द्र बोहोराले ४ सय ४८ मत प्राप्त गरेर विजयी भएका छन् ।
रामचन्द्र पौडेल पक्षले कार्यसमितिमा प्रायः सबै पद जित्दा सभापतिका उम्मेदवार दिपबहादुर शाही भने पराजित भएका छन् । कुल खसेका ९ सय ८१ मत मध्य ५ वटा मत बदर भएका छन्

प्रतिक्रिया दिनुहोस्