वायु प्रदूषण अझै बढ्ने «

वायु प्रदूषण अझै बढ्ने

वायु प्रदूषण अझै बढ्ने सम्भावना भएको भन्दै सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । प्रदूषणका कारण स्वास्थ्य सम्बन्धी विभिन्न रोगहरु देखिन सक्ने भन्दै समयमा नै सतर्क हुन विज्ञहरुले सुझाव दिएका हुन् ।
विपत व्यवस्थापनविद् डा. धर्म उप्रेतीले पाकिस्तान आसपासबाट पूर्वतर्फ सर्दै गरेको पश्चिमी वायुको प्रभाव बिस्तारै नेपाल तिर सर्दै आएकाले भारतबाट उत्तर दिशातर्फ वायु चलेको, चिसो बढ्दै जाँदा सतहको तापक्रम हावाको भन्दा कम हुँदा वायु प्रदूषण अझै बढ्ने बताए । “हावाको घनत्व बढ्नु, स्थानीय रुपमा पनि नेपाली सडकबाट अत्यधिक धुलो हावामा जानु, सवारी साधन पूर्ण रुपले सन्चालन हुँदा धुवाँको मात्रा पनि हावामा मिसिनु र केही दिन वर्षाको सम्भावना नहुनु आदिले वायु प्रदूषण झन् बढ्ने देझिन्छ,” उनले भने, “मास्कको प्रयोग गर्ने, सडकमा धुलो कम गर्ने उपायको खोजी गर्ने, धुलो धुवाँ उडाउने उद्योगलाई आलोपालो सन्चालन गर्ने, केही दिन बिहान र साँझको बाहिरी हिँडाइ नगर्ने, मुटु रोग र स्वास प्रस्वास सम्बन्धी बिरामीले घरभित्र नै बस्ने जस्ता उपाय अपाउनु आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्