सिटिजन्स बैंकको शाखारहित सेवा विस्तार «

सिटिजन्स बैंकको शाखारहित सेवा विस्तार

सिटिजन्स बैंक इन्टरनेसनलले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका मुर्कुटीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गरेको जनाएको छ । सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी होती देवी वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ ।
यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, विभिन्न सेवा प्रदायकको बिल भुक्तानीलगायतका सेवा बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशभर १७४ वटा शाखा, १२३ वटा एटीएम र ११३ वटा शाखारहित बैंकिङ इकाइहरुबाट करिव १२ लाख ५० हजार ग्राहकलाई सेवा दिँदै आएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्