सेञ्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा नगद बोनस र स्मार्टफोन उपहार «

सेञ्चुरी बैंक खाता खल्तीमा लिंक गर्दा नगद बोनस र स्मार्टफोन उपहार

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीमा सेञ्चुरी बैंक खाता लिंक गर्ने जो कोहीले सय रुपैयाँ बोनस प्राप्त गर्ने भएका छन् ।
खल्तीका अनुसार यसका अतिरिक्त एक भाग्यशाली प्रयोगकर्ताले सामसङ स्मार्टफोन जित्ने मौका पाउनेछन् । यो बोनस अफर पहिलोपटक सेञ्चुरी बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुने कम्पनीले जनाएको छ ।
प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्ने, प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्ने कम्पनीले शर्त राखेको छ ।
उक्त लिंक गरिएको सेञ्चुरी बैंक अकाउन्टबाट खल्तीमा विना लोड भुक्तानी तुरुन्तै गर्न सकिने कम्पनीले जनाएको छ । सय रुपैयाँ बोनस अफर ३ मंसिरदेखि ४ पुससम्मका लागि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्