शाओमीकोे मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर बजारमा «

शाओमीकोे मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर बजारमा

शाओमीले मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर र अल न्यु मी एयर प्युरिफायर–३ नेपाली बजारमा ल्याएको छ । छोटो सडक यात्रादेखि हिमालयको लामो पदयात्रासम्मका लागि यी उपकरणहरु उपयोगी रहेको कम्पनीले जनाएको छ ।
मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसर एक शक्तिशाली पकेट आकारको उपकरण हो, जसको सहायताले बाहिरी पावर सप्लाईबिनै गाडी, मोटरसाइकल वा साइकलको कुनै पनि फ्ल्याट टायर जुनसुकै समयमा इनफ्लेट गर्न सकिने कम्पनीले जनाएको छ । यस्तै, मी एयर प्युरिफायर–३ शाओमीको लाइन–अपमा रहेको सबैभन्दा नवीनतम स्मार्ट एयर प्युरिफायर रहेको जनाइएको छ ।
मी पोर्टेबल इलेक्ट्रिक एयर कम्प्रेसरको मूल्य ६ हजार रहेको छ भने मी एयर प्युरिफायर–३ को मूल्य २३ हजार ५ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्