सानिमा बैंकद्वारा दिर्घायु दुर्घटना बिमा रकम हस्तान्तरण «

सानिमा बैंकद्वारा दिर्घायु दुर्घटना बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाताअन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।
बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकाले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दिर्घायु तलब बचत खाताअन्तर्गत १० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । सो रकम तामाङलाई बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंकमणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्सका रामजी ढकालले संयुक्त रुपमा हस्तान्तरण गरे ।
स्वर्गीय राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए । बैंकले दिर्घायु बचत योजनाअन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्मको ६ जटिल रोगको उपचार बिमा, ५० हजार सम्मको स्वास्थ बिमा १० हजार बराबरको ओपिडी सेवा र ५ हजारसम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्