नाडाको निर्वाचन कार्यतालिका सार्वजनिक «

नाडाको निर्वाचन कार्यतालिका सार्वजनिक

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।
नाडाको मंसिर २२ र २३ गते काठमाडौंमा हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । नाडाले मंसिर १८ गते ११ बजे मतदाता नामावली प्रकाशन गर्ने भएको छ । २ बजेसम्म मतदाता नामावली उपर दावि विरोध गर्ने, दाबी विरोधको जाँचबुझ गरी ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । १९ गते बिहान ११ बजेसम्म उम्मेदावरको मनोनयन पत्र दर्ता गर्ने, उम्मेदावहरुको प्रथम नामावली सवा १२ बजे प्रकाशन हुने, उम्मेदावरीको दावी विरोध साढे १ बजेसम्म रहेको छ ।
उम्मदावको मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गरी नामावली प्रकाशन गर्ने समय साढे २ बजेसम्म रहेको छ । उम्मेदवारले पौने ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने जनाएको छ । उम्मेदवारको अन्तिम नामावली साढे ५ बजे प्रकाशन हुनेछ । नाडाले मतदान भने २३ गते बिहान ८ बजेदेखि ३ बजेसम्म सोल्टी होटलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्