मेट्रो अनलाइन ट्याक्सीको निःशुल्क दन्त परीक्षण «

मेट्रो अनलाइन ट्याक्सीको निःशुल्क दन्त परीक्षण

काठमाडौंमा सञ्चारमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य सुविधामा ध्यान राख्दै मेट्रो अनलाइन ट्याक्सीले ललितपुरको जावलाखेलमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ ।
कम्पनीले हाम्रो डेन्टल क्लिनिकको सहयोगमा एक दिने दन्त शिविर आयोजना गरेको हो । सो दन्त शिविरमा १०० भन्दा धेरै ट्याक्सी चालकहरुको दन्त परीक्षण गरिएको थियो । मेट्रो अनलाइन ट्याक्सीले आफ्नो एपमा आवद्ध भएका चालकहरुलाई सुविधा दिने उद्देश्यले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा हाल दन्त शिविर सञ्चालन गरेको हो ।
मेट्रो अनलाइन ट्याक्सीका बजार व्यबस्थापन प्रमुख सूर्य तामाङले पहिलो पटक दन्त शिविर सञ्चालन गरिएको जानकारी दिँदै यसलाई आगामी दिनमा मासिकरुपमा उपत्यकाभर शिविर सञ्चालन गरिने जानकारी दिए । सो शिविरमा चालकहरुलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरु समेत निःशुल्क प्रदान गरिएको थियो ।
शिविर सञ्चालन हाम्रो डेन्टल क्लिनिकका सञ्चालक डा.सरोज घिमिरेको नेतृत्वमा ६ जना स्वास्थ्य प्राविधिकहरुले परीक्षण तथा सेवा प्रदान गरेका थिए । मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा प्रदान गरिरहेको छ । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ । मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरु समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्