एप्पलले आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोमा आवाजको समस्या आए बिना शुल्क मर्मत गरिदिने «

एप्पलले आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोमा आवाजको समस्या आए बिना शुल्क मर्मत गरिदिने

एप्पलले आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोमा आवाजको समस्या देखिन थालेपछि बिना शुल्क मर्मत गरिदिने आफ्नो वेबसाईट https://www.apple.com/ को https://support.apple.com/ मा उल्लेख गरेको छ । तर कम्पनीका अनुसार सन् २०२० को अक्टोबरदेखि २०२१ को अप्रिल महिनाको बीचमा बनेका आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोमा साउन्डको समस्या देखिएको छ ।
कल आउँदा आफ्नो आवाज कल गर्ने व्यक्तिकोमा नजाने समस्या भएका आईफोन ट्वेल्भ र ट्वेल्भ प्रोका ग्राहकलाई बिना शुल्क मर्मत गरिदिने उल्लेख गरेको छ। ग्राहकले यो सेवाको लागी एप्पल वेबसाईट खोलेर , एप्पल सपोर्टमा गएर नजिकैको आधिकारिक सेवा प्रदायक छानेर मर्मतको लागि आवेदन दिनु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्