चौधरी फाउन्डेसनद्वारा कृतिम हातखुट्टा वितरण «

चौधरी फाउन्डेसनद्वारा कृतिम हातखुट्टा वितरण

चौधरी फाउन्डेसनले सञ्चालन गरेको कृतिम हातखुट्टा जडान शिविरबाट ५ सय आठ जना व्यक्ति लाभान्वित भएका छन् । विभिन्न कारणबाट हातखुट्टा गुमाउनु परेका व्यक्तिका लागि यो शिविर निकै महत्वपूर्ण अवसर सावित भएको छ । काठमाडौंको नर्भिक इन्टरनेसनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पतालमा शिविरको आयोजना गरिएको थियो । गत पुस २७ गते सुरु भएको शिविर फागुन ८ गतेसम्म सञ्चालन गरिएको थियो ।
चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले हातखुट्टा जस्ता संवेदनशील अंगको अभावमा जीवन बिताइरहेका महानुभावहरूलाई सहयोग गर्न पाउनु आफ्ना लागि अहोभाग्य भएको बताए । “हातखुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । हामीले कृतिम हातखुट्टा उपलब्ध गराएर उहा“हरूको जीवनमा रूपान्तरण ल्याउने कोशिस गरेका छौ“ । यसले उहा“हरूको जीवनमा ठूलो फरक पार्नेछ भन्ने हाम्रो विश्वास छ ।” अध्यक्ष चौधरीले भने, “यसबाट राष्ट्रले समेत सवल र योग्य नागरिक पाएको छ ।”
चौधरी फाउन्डेसनले भगवान महावीर विकलाङ सहायता समिति र भारतीय दूतावासस“गको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम सञ्चालनमा आएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखि ३० गतेसम्म ५९ जना लाभान्वित भएका थिए । दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि सञ्चालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भएका छन् । जसमध्ये ४ सय ३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृतिम हात र २१ जनाले क्यालिपरको सेवा लिएका थिए ।
नेपालमा करिब एक लाख मानिसका लागि कृतिम हातखुट्टाको आवश्यकता रहेको अनुमान छ । यो समस्यालाई दिगो रूपमा समाधान गर्न चौधरी फाउन्डेसनले भगवान महावीर विकलाङ सहायता समिति र सहज सामुदायिक अस्पतालस“गको सहकार्यमा स्थायी रूपमा नै यो सेवा सुरु गर्ने योजना बनाएको छ । स्थायी सेवा सुरु भएपछि आवश्यक व्यक्तिले आफ्नो अनुकूल समयमा अस्पतालबाट सेवा लिन सक्नेछन् ।
फाउन्डेसनका अध्यक्ष चौधरीले मानव सेवाको यस कार्यमा योगदान पु¥याउन सहकार्य गर्ने महावीर विकलाङ सहायता समिति र भारतीय दूतावास, नर्भिक अस्पताल, सहज सामुदायिक अस्पताल, प्राविधिक टिम एवं फाउन्डेसन टिमलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्