वन नियमावलीको मस्यौदा अन्तिम चरणमा

वन नियमावलीको मस्यौदा अन्तिम चरणमा पुगेको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार मस्यौदाको खाका तयार भएर विभिन्न सरोकारवालाको सुझावलाई समावेश गर्ने गर्ने काम भइरहेको छ ।
विभिन्न सराकारवालाले वन नियमवाली संशोधन हुन लामो समय लागेको भन्दै आपत्ति पनि जनाइरहेका छन् । वन क्षेत्रमा काम गर्ने विभिन्न नागरिक संगठनले वनको नियमवाली नहुँदा वनको व्यवस्थापनमा चुनौती थपिएको भन्दै सरकरासँग समयमा नै वन नियमावी स्वीकृत गर्न माग गरेका छन् ।
नेपाल वन संघ (एनएफए) का अध्यक्ष डा. किरण पौडेलले वन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि सम्भव रहेको र यसका लागि सरकारले चाँडोभन्दा चाँडो वनको नियमावली बनाउनुपर्ने तथा दिगो वन व्यवस्थापनको राष्ट्रिय मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने बताए ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले पनि वन क्षेत्रको सरोकारवालाले चाँडोभन्दा चाँडो वन नियमावली बनाउन सुझाव दिएको छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले नियमावलीको मस्यौदा तयार भइसकेको र कानुन मन्त्रालयमा पठाउने तयारी भइरहेको बताएका छन् ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष मञ्जिलबाबु मास्केले वन नियमावली बन्दा नयाँ र वन पैदावारको सहज आपूर्ति व्यवस्थापन हुनुपर्ने माग गरका छन् । “वैज्ञानिक वन व्यवस्थापनको कार्यक्रम रोकिएसँगै अहिले वनको व्यवस्थापनका कार्यक्रम पनि अन्योलमा परेका छन्,” उनले भने, “भविष्यमा यसले गर्दा काठ कमी हुने छ, नयाँ नियमावली आएपछि दिगो वन व्यवस्थापनमा सहयोग गर्नेछ, वनको व्यवस्थापनको काम गर्दा ढिलाइ भइरहेको छ ।”