अध्यक्षमा उठ्ने निर्णय गरिसकेको छैन : ओली «

अध्यक्षमा उठ्ने निर्णय गरिसकेको छैन : ओली


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं महाधिवेशनमा आफूले उम्मेदवारी दिने निर्णय गरिनसकेको बताएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका ओलीले यस्तो बताएका हुन् ।
सहमतिमार्फत पदाधिकारी चयनका लागि प्रयास गर्दै आएका अध्यक्ष ओलीले अब सहमतिका लागि आग्रहसमेत नगर्ने बताए । ओलीले नेतृत्व चयनमा सहमतिका लागि आग्रहसमेत नगर्ने बताए । मिलेर जानु राम्रो भएको, तर आफूले सहमतिका लागि आग्रह गर्दा दबाब दिएको हुने भएकाले केही नबोल्ने स्पष्ट उनले पारे । पृष्ठभूमि जे भए पनि अहिले एमालेमा एउटै पक्ष मात्र रहेको समेत ओलीले बताए ।
अध्यक्ष ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर आफूप्रति आदर, सम्मान र स्नेहभाव देखाएको प्रतिक्रिया समेत दिएका छन् । यस्तै एमाले अध्यक्ष ओलीले नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई ठिक भन्न नसकिने प्रतिक्रिया दिएका छन् । उनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागिएको विषयमा प्रतिक्रिया दिँदै भने, ‘कुखुराको अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?’ उनले अदालत सुधार्न चाहेको भए सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने बताए । अध्यक्ष ओलीले आफूहरुले निष्पक्ष न्यायालय छ भन्ने विश्वास सबैले गरुन भन्ने चाहेको पनि स्पष्ट पारेका छन् ।


११ सदस्यीय अध्यक्ष मण्डल गठन
नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।
मंगलबार बसेको स्थायी कमिटी बैठकले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटासहितको अध्यक्ष मण्डल गठन गरेको हो ।
महाधिवेशनको बन्द सत्र सुरु भएसँगै केन्द्रीय कमिटी विघटन हुन्छ । त्यसलगत्तै महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी उक्त अध्यक्ष मण्डलको हुनेछ ।
यस्तै सात सदस्यीय माइन्युट कमिटी गठन गरिएको छ । पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली, ज्वालाकुमारी साह माइन्युट कमिटीमा छन् ।

प्रतिक्रिया दिनुहोस्